जग प्रशाद शर्मा ‘अपार’
क. प्रचण्ड नेपाली समाजको बिकास, परिबर्तन र रुपान्तरणको मियो हुँन । झन्डै ३ दशक यताका राजनीतिक घटनाक्रमहरुले यसलाई पुष्टिपनि गरिसकेको छ । निश्चय पनि समाज बिज्ञानमा पुरानोको बिकास नयाँमा हुँदैन् । बरु पुरानोकोे निषेध र त्यसैको गर्भबाट नयाँको जन्म हुन्छ ।

पुँजिबादको गर्भबाट नै समाजबादको जन्म हुन्छ । पुँजिबादबाट समाजबाद जन्मिनु अग्रगमन र क्रान्तिकारी प्रक्रिया हो भने समाजवादबाट पुनस्पुजीवादतिर फर्किनु पश्चगमन र प्रतिक्रान्तिकारी प्रक्रिया हो । यसरी विकास या बिनासको प्रक्रियामा नेतृत्वको महत्वपुर्ण भुमिका हुन्छ ।

समाज बिज्ञानको क्षेत्रमा क्रान्ति वा प्रतिक्रान्ति हुनुमा नेतृत्वको निर्णायक भुमिका हुने गर्छ । अग्रगामी र क्रान्तिकारी नारा तथा एजेण्डाका आधारमा नेपाली समाजको झन्डै तीन÷चार दशक यता अध्यक्ष क. प्रचण्ड नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहदै आएका छन् ।

जमेको पोखरीमा ढुंगा हानेर, यथास्थितीमा रहेको समाजमा राजनीतिक फड्को हानेर मात्रै गति,छाल या प्रवाह पैदा गर्न सकिन्छ । सामान्ती राजतन्त्र र दलाल पुँजिवादका कारण निकै पछि परेको नेपाली समाजलाई गति र प्रवाह पैदा गरि परिबर्तन सुनिश्चित गर्न राजनीतिक फडको अनिवार्य नै हुने गर्छ ।

पहिलो फड्को : पार्टी एकता हुँदै महान जनयुद्धको थालनी
झन्डै चार दशकको नेपाली कम्युनिष्ट आन्दोलन एकातिर टुटफुट र बिभाजनको शिकार भयो भने अर्को तिर सुधारबादबाट माथि उठ्न सकेन् । जनवाद हुँदै समाजवाद–साम्यवाद सम्म पुग्ने महान लक्ष्य बोकेको नेपाल कम्युनिष्ट पार्टी न त केन्द्रीकृत पार्टी बन्न सक्यो, न त जनबादी क्रान्तिको नै उठान गर्न सक्यो । ०२८ सालको झापा आन्दोलनले देशव्यापी तरंग त पैदा ग¥यो तर गुणात्मकता हासिल गर्न सकेन् ।

२०४६ सालको जनआन्दोलनले पञ्चायत फालेर बहुदल त स्थापन ग¥यो तर राजा र राजतन्त्र सहितको संबैधानिक राजतन्त्रमा सिमित हुन पुग्यो । यो संबैधानिक राजतन्त्रले कुनै पनि बेला निरंकुश राजतन्त्रमा आफुलाई उभ्याउन सक्थ्यो र कालान्तरमा त्यही भयो । यहि पृष्ठभुमिमा अध्यक्ष क. प्रचण्डले एकातिर नेपाली कम्युनिष्ट आन्दोलनमा स्थापित नेतृत्व निर्मल लामा, रुपलाल बिश्वकर्मलगायतका नेताहरुले नेतृत्व गरेको नेकपा चौम, सर्बहाराबादी श्रमीक संगठनलगायत झन्डै आधादर्जन कम्युनिष्ट पार्टीहरुसंग एकता प्रक्रियाको सुरुवात गर्नुभयो ।

अर्कोतिर मौलिक तर सुब्यबस्थित ढंगले महान जनयुद्धको तयारी गर्नुभयो । नेपाली समाजको बिगत एक हजार बर्षको ईतिहाँसको शंष्लेषन समकालीन बिश्व कम्युनिष्ट आनदोलनको अनुभव एबं शिक्षा र वर्तमानको आबश्यकताको गहिरो बोध गर्दै बिचार निर्माण प्रक्रियालाई घनिभूत पार्नुभयो ।

जनयुद्धमा जान माक्सबाद, लेनिनबादको बिकसितरुप माओवादलाई पार्टीको मार्गदर्शकका सिद्धान्तका रुपमा स्थापित गरियो । संसदीय चुनाबको क्रान्तिकारी उपयोग,ग्रामिण बर्गसंघर्षमा तिब्रता र एउटा शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा एकता केन्द्र हुँदै नेकपा माओवादी निर्माण गरेर २०५२ फागुण १ गते महान जनयुद्धको शुरुवात गरियो । यो नेपालको ईतिहासमा महान फड्को थियो । जसले नेपाली समाजको एउटा अध्याय र युगको अन्त्य गरेर नयाँ अध्याय र युगको शुरुवात गरिदियो ।

दोस्रोः शान्तिप्रक्रिया हुँदै संबिधान निर्माणसम्म
नेपालको ईतिहासमै सर्बाधिक बढी जनपरिचालन भएको १० वर्षे महान जनयुद्ध हो । जसले सबै बर्ग, जाति, क्षेत्र, र लिंगमा अभुतपूर्ब जागरण ल्याईदियो । हजारौं बर्षको समान्तबाद र दुईसय पचास बर्षको राजतन्त्रको अन्त्य गरिदियो । यसको लेखाजोखा भविष्यमा अद्धितिय रुपमा हुदै जाला ।

बिसौं सताब्दीमा बिश्वका कतिपय देशहरुमा चलेका कयौं जनयुद्धहरु नाम निशाना नरहने गरी बिर्सजन भएका छन्, भने एकाध जनयुद्धपूर्ण रुपले सफल भएका छन् । यसबीचमा कम्युनिष्टहरुको या त पूर्ण सफलता, या त पूर्ण असफलतामा बुझ्ने परम्परालाई अन्त्य गर्दै प्राप्त उपलब्धीको रक्षा गरेर अगाडि बढ्ने अबधारणाको बिकास गरियो । नेपालको यो महान जनयुद्ध मौलिक ढंगले शक्ति संचय गर्दै अगाडी बढ्यो र बढिरहेको छ ।

यसैलाई शान्ति प्रक्रिया भनिन्छ । क. प्रचण्डले यो महान जनयुद्धलाई बिस्तृत शान्ति प्रक्रियामा ल्याउने सवाल कुनै सामान्य कुरा थिएन् । बरु यो ठुलो राजनीतिक फड्को थियो । यो सवाल धेरै मान्छेले सोँचेको र कल्पन गरेको भन्दा नितान्त भिन्न थियो । धेरै मानिसहरुले बुझेको कि त जनयुद्ध दवाएर सखाप हुन्छ, कि त त्यो रुस, चिन जस्तै सफल हुन्छ भन्ने मात्र थियो । नेपालको जनयुद्ध चिनको जस्तै हुवहु जनवादी क्रान्तिका रुपमा सफल भएन् ।

पेरुको जस्तै सखाप पनि भएन् । बरु नेपाली मौलिकताको पुँजिवादी–जनवादी क्रान्ति सम्पन्न गरेरै शक्ति सञ्चय गर्दै समाजवादी क्रान्तिको बाटोमा अगाडी बढेको छ । यसलाई बुझ्नेमा काफी मात्रामा भ्रमहरु पैदा भए । यही भ्रमलाई क्रान्ति र परिबर्तन बिरोधीहरुले राम्रो गरी उपयोग गरे ।

यही भ्रमले पार्टीमा फुट र बिभाजन पनि भयो । जनयुद्धलाई पूर्ण असफलतामा बुझ्ने जड्सुत्रीय संकीर्ण सोँच या पूर्ण सफलताका रुपमा बुझ्ने सुधारबादी र दक्षिणपन्थी सोँचका कारण पार्टीमा फुट र बिभाजन भएर पेचिला समस्याहरु पैदा भए । क्रान्तिकारीहरुले प्राप्त उपलब्धी र परिबर्तनहरुलाई संस्थागत र रक्षा गरेर थप उपलब्धी र परिबर्तन गर्न सकिन्छ भन्ने बुझाईलाई आत्मसात गर्दे अध्यक्ष क. प्रचण्डको शान्ति प्रक्रियादेखि संबिधानसभाबाट संबिधान निर्माणसम्म आउनु ठुलो फड्को थियो ।

यो दोस्रो ठुलो र महत्वपुर्ण राजनीतिक फड्को हो । माक्र्सवादी प्रस्थावनाका अनुसार कम्युनिष्टहरुले व्याख्यामा मात्र होईन् बदल्नुमा मुख्य जोड दिन्छन् । बदल्नुको अर्थ रक्षा र बिकास पनि हो । उपलब्धीको रक्षा र बिकासलाई आत्मसात नगरेको भए ऐतिहाँसिक संबिधानसभाबाट संबिधान निर्माण असम्भव थियो । क. प्रचण्डको यही क्रान्तिकारी सोँच नभईदिएको भए संघीय लोकतान्त्रीक गणतन्त्रको नयाँ संबिधान असम्भव थियो ।

संबिधानसभाबाट संबिधान बनाउन कतिपयले चाहेका थिएनन् । एकातिर महाबिनासकारी भुकम्पले पैदा गरेको समस्या , अर्कोतिर पराजित र पश्चगामी शक्ति साथै बैदेशिक शक्ति केन्द्रहरु संबिधान निर्माण गर्ने दिने पक्षमा थिएनन् । यी सबै पेचिला चुनौतीहरुलाई चिरेर अध्यक्ष क. प्रचण्डले अदम्य शाहसका साथ राजनीतिक फड्को हानेर मात्र संबिधान निर्माण भएको हो । जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु र संबिधानसभाबाट संबिधान निर्माण गर्ने काम अर्को ठुलो राजनीतिक फड्को थियो । यो राजनीतिक फड्को कुनै साधारण काम नभएर असाधारण थियो ।

तेस्रो फड्को:  संबिधानको कार्यान्वयन हुँदै एउटै कम्युनिष्ट केन्द्र निर्माण सम्म
नेपालको ईतिहासमा पहिलो पटक जनप्रतिनिधिहरुद्धारा लिखित संबिधान कार्यान्वयन भयंकर ठुलो चुनौति थियो । एकातिर बैदेशिक शक्तिकेन्द्र यो संबिधान कार्यान्वयन गर्न दिने पक्षमा थिएनन् भने अर्कोतिर देशभित्र कै पराजित शक्ति र यथास्थितीवादी र प्रतिगामीशक्ति यो संबिधानलाई कुनै पनि हालतमा असफल बनाउने मिसनमा थिए ।

यो नयाँ संबिधान असफल पारेर मात्र देशमा अस्थिरता पैदा गर्न सकिन्थ्यो । नेपालाई असफल राष्ट्रको दिशामा धकेल्न् सकिन्थ्यो । यसरी मात्र आफ्नो अन्तरनिहित स्वार्थ पूरा गर्ने सपना पूरा हुन सक्थ्यो । अध्यक्ष क. प्रचण्डले एमालेसंगको सहकार्य छाडेर नेपाली कांग्रेससंग सहकार्य गर्नु देश र जनताको हितमा थियो ।

यो स्टेपमा कतिपयलाई काफि भ्रम परेपनि पछिका घटनाक्रमहरुले स्पस्ट पारिदियो । नेपाली कांग्रेससंग संबिधान कार्यान्वयन गर्न तीन चरणका चुनाब हरहालतमा सम्पन्न गर्ने सहमती गरियो । क. प्रचण्डको यो कदम धेरैलाई अनौठो मात्र हैन, अस्वभाबीक समेत लागेको थियो । यो राजनीतिक स्टेपको अन्तर्य र मर्म बैशाख ३१ को पहिलो चरणको स्थानीय चुनाब सम्पन्न भएपछि मात्रै स्पस्ट भयो ।

शान्ति प्रक्रियाको एउटा पार्टनर नेपाली काग्रेस हो । उ संगको सहकार्य बिना यो संबिधान सहज कार्यान्वय हुन सक्दैनथ्यो । अझै ७ दशक देखिको बर्गसंघर्ष, जनयुद्ध, जनआन्दोलनले गरेको परिबर्तन र उपलब्धीहरु संबिधानमा संस्थागत भईसकेपछि त्यो संबिधानलाई कार्यान्वयन गर्नु प्राथामिक कार्यभार हुन्थ्यो । उपलब्धीहरुको रक्षा नगरी थप उलब्धी र परिबर्तन संभब छैन् । अब नेपाली समाजको गन्तब्य समाजवाद हो । समाजवादी क्रान्तिको बाटोबाट मात्र समाजवादमा पुग्न सकिन्छ ।

अझै ५५ बर्ष पहिले बैचारीक मतभेदका कारण कम्युनिष्ट पार्टी टुटफुट र बिघटनमा पुगे । पुर्नगठनको प्रक्रियामा एउटा धारा कोर्डनेशन केन्द्रका रुपमा र अर्को धारा केन्द्रीय न्यूकलसका रुपमा अगाडि आए । तिनै दुई धारा आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रुपमा बिकसित भए । जुन उदेश्य र बिचारमा मतभेद भएर बिभाजन भएको थियो ।

आज आएर त्यो मतभेद समाप्त भयो । नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो । अब समाजवादी क्रान्तिको ढोका खुल्यो । त्यसकारण धेरैलाई अनौठो लागेपनि अब समाजवादी क्रान्तिको नेतृत्व गर्न दुई ठुला कम्युनिष्ट पार्टी एक हुनु अपरिहार्य हुन पुग्यो । हिजो एक अर्कालाई उग्र दक्षिण देख्ने र बर्गदुश्मनकै हदसम्म बुझ्ने स्थिती अब समाप्त भयो ।

दुई पार्टीको एकता आम नेपाली जनताले अनुमोदन गरि पनि सके । बर्गपक्षधरता र दलिय प्रतिस्पर्धाको अन्तरसम्बन्धलाई सहि ढंगले आत्मसात गर्दै जनतामा खुसी र राष्ट्रमा समृद्धिको अभियानद्धारा समाजवादी क्रान्तिको बाटो अंगीकार गर्ने उद्देश्य सहित नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने यो महाअभियान प्रचण्डको तेस्रो फड्को हो ।

भाबी दिशामा
कम्युनिष्ट पार्टी, बिचार, पद्धती,तथ्य र तर्कका आधारमा चल्छ् । बिचार पद्धती र तर्कहरु भनेका कुनै जडबस्तु या गणीतिय सुत्र होईनन्, बरु पथप्रदशक सिद्धान्त हुन् । बिचारको नयाँ बिकास एक अनिवार्य सर्त हो । यो माक्र्सवादकै जगमा टेकेर अगाडि बढ्छ । माक्र्सवादकै जगमा लेनिनबाद, माओवाद, २१औं सताब्दीको जनबाद, जनताको बहुदलीय जनवाद आदिको बिकास भयो ।

नेपालमा जनबादी क्रान्ति गर्ने उद्देश्यमा केन्द्रीत भएर २१औं सताब्दीको जनवाद या बहुदलिय जनवादको अबधारणा एबं कार्यक्रमको प्रतिपादन गरियो । जसका कतिपय पक्षहरु अझै पनि सान्दर्भिक र आबश्यक छन् । अब नेपालमा नयाँ जनवादी क्रान्ति हैन, समाजवादी क्रान्ति गर्नु छ । समाजवादी क्रान्ति गर्न समाजवादी क्रान्तिको कार्यदिशा नयाँ ढंगले बिकास गर्न जरुरी छ ।

कार्यदिशाको बिकास गर्ने सन्दर्भमा एकातिर जडसुत्रीय संशोधनवादका बिरुद्ध र अर्कोतिर दक्षिणपन्थि संसोधनबादका बिरुद्ध निर्मम संघर्ष नगरी क्रान्तिकारी कार्यदिशाको बिकास सम्भब छैन् । सुस्पस्ट लक्ष्य, ठोस परिस्थितिको ठोस बिष्लेषनको जगमा नै कार्यदिशाको निर्धारण हुन्छ । एकातिर सिद्धान्तलाई दह्रो पकड्ने नाममा मनोगतवाद र अर्कोतिर व्यबहारलाई जोड दिने नाममा बस्तुवादबाट बचेर मात्रै समाजवादी क्रान्तिको कार्यदिशा निर्माण गर्न सकिन्छ ।

पहिलो कुरा कस्तो समाजवाद भन्ने प्रश्न उठ्छ । हामीलाई चाहिएको काल्पनीक समाजवाद हैन् । शाषकहरुले भन्ने गरेको प्रजातान्त्रीक समाजवाद पनि हैन् । हिजो रुस चिनको जस्तो समाजवाद पनि हैन् । किनकी त्यसका केही सिमा र कम्जोरी थिए । अहिले हामीलाई चाहिएको समाजवाद बैज्ञानिक समाजवाद हो । नेपालको सन्दर्भमा लोकतान्त्रीक समाजवाद पनि भन्ने गरिन्छ । जहाँबाट मानबजातीलाई साम्यवाद तिर लैजान सकियोस् ।

२१औँ शताव्दीको जनवाद र बहुदलीय जनबादमा कतिपय समान्ता छन । मुख्य गरी दलिय प्रतिस्पर्दा र जनवादको अभ्यासको उत्कर्ष यी समान विशेषता हुन् । जवजमा दलिय प्रतिस्पर्दा गर्दै जाँदा वर्ग पक्षधरता कमजोर भएको र २१ औँ शताब्दीको जनवादमा जनवादको अभ्यासको उत्कर्ष संगठनमा ब्यक्त हुन् नसक्दा केहि सिमा र भ्रमहरु अवश्य रहेका छन ।

पञ्चायत ढलेर बहुदल स्थापन भएको पृष्ठभुमीमा मदन भण्डारीद्धारा अगाडि सारिएको जबज र जनयुद्धको उत्कर्षका बेला क. प्रचण्डद्धारा अगाडि सारिएको २१ औं सताब्दीको जनवादको पृष्ठभुमी भने फरक फरक छन् । यी दुबै अबधारणा नेपालको मौलिकता र बिशिष्टतामा क्रान्तिलाई नितान्त मौलिक ढंगले अगाडि बढाउने स्प्रीटमा आधारित छन् ।

क्रान्तिको नयाँ मोडेल प्रस्तुत गर्न सकिने सुन्दर स्प्रीट र भावना एक्काईसौं सताब्दीको जनवादमा अन्तरनिहित छ । दलिय प्रतिस्पर्धामा श्रेष्ठता हाँसिल गरेर क्रान्तिलाई अगाडि बढाउने स्प्रीट जवजमा रहेको छ । जे होस यी दुबै अबधारणा नेपाली क्रान्तिका मौलिक बिशेषता र देन हुन् ।

महान लेनिनले शान्ति,रोटी र जमिनको नाराले समाजवादी क्रान्तिलाई संगठित गरेझैं अहिले नेपालमा समृद्धि, सम्पन्नता र स्वाभिमानले नै समाजवादी क्रान्तिलाई संगठित गर्न सक्छ । सही नीति र नेतृत्व पाउँदा गरिबि र बिपन्नताले नै समाजवादको जन्म दिन्छ । अहिले नेपालमा दुई तिहाई जनमत कम्युनिष्टको पक्षमा रहेको छ ।

बिश्वको क्रान्तिको केन्द्र नेपाल बन्न पुगेको छ । यतिबेला नेपाली कम्युनिष्ट आन्दोलनका अगाडि दुई ठुला चुनौती छन् । पहिलो बिश्व क्रान्तिको अभिन्न अंग, नेपालमा समाजवादी क्रान्ति गर्ने ,दोस्रो समाजवादी क्रान्तिको नेतृत्व गर्ने शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने ।

बर्ग पक्षधरताको अर्थ बर्गको उन्मुलन हो । बर्गको उनमुलन गर्दै बर्ग बिहिन सुन्दर समाज निर्माण गर्नु हो । जनवादको अभ्यासलाई उत्कर्षमा पु¥याउनुको अर्थ आमजनतालाई सत्ताको मालिक बनाएर राज्य बिहिन सुन्दर समाज निर्माण गर्नु हो । यो महान उद्देश्य समाजवादी क्रान्ति हुँदै साम्यवादको लम्बे यात्राले पूरा गर्नेछ ।

भन्ने गरिन्छ, बुर्जुवाहरुले बर्तमान मात्र पढेर आफ्नो शाषण सत्ता लम्ब्याए । कम्युनिष्टहरुले ईतिहास मात्र पढेर असफलता प्राप्त गरे । बिगतबाट गम्भीरता पूर्बक शिक्षा सिक्दै बर्तमानमा सर्बाधिक बढि जोड दिएर समाजवादी क्रान्तिको कार्यदिशा निर्माण आजको केन्द्रीय कार्यभार हो । समाजवादी क्रान्तिको कार्यदिशाले मात्रै देशलाई समृद्धिको दिशामा लिने छ । सिंगो राष्ट्रलाई स्वाधिन बनाउँदै एकताबद्ध गर्ने छ । नयाँ अनुभुति सहितको नयाँ युगमा प्रबेश गराउँने छ ।

प्रतिकृया

प्रतिकृया