तुलसीपुर
१९ फागुन/ तुलसीपुरका सचिन पोखरेलको ‘महान मेरी आमा’  बजारमा आएको छ । गीत संगीतको क्षेत्रमा सक्रिय भएर लाग्न थालेका गायक पोखरेलको यो आधुनिक गीत विहीवार सार्वजनिक भएको हो ।

बुढा सुब्बा क्रियसनको प्रस्तुती, रोशन बालुवाको शब्द र तुलसीपुर निवासी सचिन पोखरेलको स्वरमा रहेको ‘महान मेरी आमा’ बोलको गीतमा आमाको महिमा प्रस्तुत गरिएको छ । ‘महान मेरी आमा’ बोलको गीतको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्बजानिक भएसंगै पोखरेलको चर्चापनि चुलिन थालेको छ ।

‘संसारमा आमा जति महान कोही हुँदैन र आमाले आफ्ना सन्तानलाई दिने मायामा कुनै खोट हुँदैन भन्ने सन्देश यो गीतमा छ ।’ गायक पोखरेलले भने ।

आधुनिक गीत संगीतको क्षेत्रमा भरखरै पाईला टेक्दै गरेका सचिन पोखरेल गेल्डन आइडल मल्टी मिडिया कास्की पोखराले आयोजना गरेको गोल्डन आइडल प्रतियोगितामा ‘फष्ट रनर अप’को उपाधी चुमिसकेका व्यक्ति हुन । ‘आमा’ प्रति सर्मपित पोखरेलको यो गीत कस्तो छ ?भिडियोमा हेर्नुहोस –

प्रतिकृया

प्रतिकृया