शंकर केसी, सल्यान
२६-फागुन /  सल्यानका किसान किवी खेतितर्फ आर्कषित हुन थालेका छन् । कृषक समूह गठन गरि सल्यानमा किबी खेतिगर्न क्रम बढ्दै गएको छ । किबी खेतिवाट राम्रो आम्दानी हुन थालेको हुँदा यहाँका किसानको त्यसमा आकर्षण बढेको हो । सल्यानको छत्रेश्वरी गाउँपालिका, कपुरकोट गाउँपालिका,शादा नगरपालिका र कुमाख गाउँपालिकामा किबी खेतिको लागि कृषक समुह गठन गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय सल्यान र शान्ति तथा पुनर्निर्माण मन्त्रालय काठमान्डौको अनुदानमा किबी खेतिको अभियान यहाँ संचालन गरिएको हो । छत्रेश्वरी गाउँपालका वडा नं. २ मा मोनारीस देवालु कृषक समुह, लालिगुँरास कृषक समुहमा आवद्ध भएका कृषकले किवीको खेतिगर्दै आएको जिल्ला कृषी विकास कार्यालय सल्यानका वागवानी विकास अधिकृत तिलक केसीले जानकारी दिए ।

सल्यानमा किवीका हालसम्म २ हजार २ सय २२ वोट लगाइएको उनले बताए । दमाचौरको वुरासेमा मात्रै ४३ रोपनी जग्गामा २ हजार ७५ किबीका वोट रोपिएको छ । त्यस्तै कपुरकोटमा १ सय वोट , कुमाख गाउँपालिका वडा नं. ३ मा ७५ वोट लगाएको वागवानी विकास अधिकृत केसीले जानकारी दिए । समुद्री सतहबाट ८ सयदेखि २ हजार ८ सय मिटरसम्म उचाईमा किबी खेती गर्न सकिने अधिकृत केसीले जानकारी दिए । किबी खेतिबाट राम्रो आम्दानी हुन थालेको हुँदा आफुहरुले यसको व्यवसायिक खेती सुरु गरेको छत्रेश्वरी गाउँपालिकाका वडा नं. २ वुरासेका कृषक तेजवहादुर योगीले वताए ।

सोही ठाउँकै चित्रवहादुर केसीले पनि आफ्नै लगानीमा १० रोपनी जग्गामा २ सय किबीका वोट लगाएको वताए । आफनै लगानीमा २ वर्ष पहिले केन्द्रिय वागवानी विकास कार्यालय वाट २ सय वोट ल्यायर लगाएको उनले जानकारी दिए । सल्यानमा किवी खेतिको राम्रो सम्भावना भएको हुँदा आफुले करिव ६ वर्ष पहिला देखि यो खेति गर्दै आएको  कृषक योगीले जानकारी दिए । उनले भने, ‘हामीले २ हजार ७५ वोट लगाएकोमा १ सय ५० वोटले फल दिइरहेको छ ।’

त्यस्तै कुमाख गाउँपालिकामा ७५ र कपुरकोट गाउँपालिकामा एकसय वोट लगाएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अम्मरराज घिमेरेले वताए । कुमाख गाउँपालिका वडा नं. ३ का कृषक धनवहादुर वुढाले आफुले किबी खेतिको राम्रो सम्भावना देखेको बताउ । जिल्ला कृषी विकास कार्यालयको पहलमा गाउँमा परिक्षणको लागि ७५ वोट लगाएकोमा अहिले २०-२५ वटा वोटले उत्पालन दिइरहेका छन् ।

सल्यान फलफूल खेतिको लागि नेपालकै हावापानी र वतावरणको दृष्टिकोणले उत्कृष्ट जिल्ला मानिन्छ । सल्यानमा किबी खेति र उत्पादनको राम्रो सम्भावना रहेको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले जानकारी दिए ।


 

प्रतिकृया

प्रतिकृया