शिवु खनाल, देउखुरी
२६-फागुन /  राष्ट्रिय जनावर गाईको संरक्षण र गौशाला निर्माण गर्ने उद्देश्यले दाङको लमहीमा गौ यज्ञ हुने भएको छ ।

रिहार बगारबाबा धार्मिक विकास क्षेत्रमा गौशाला निर्माणाधिन छ । यहाँ ५३ वटा गाई अहिले पालिएका छन् । गाईलाइ छाडा रुपमा छोड्ने प्रचलन वढ्न थालेपछी दाङमा पहीलो पल्ट गाई संरक्षण गर्ने उद्देश्य राखेर महायज्ञ आयोजना गर्न थालिएको हो ।

लमहीको सार्वजनिक वगैचामा चैत्र १ गते देखी ९ गते सम्म गौ यज्ञ महोत्सव तथा देवी भागवत ज्ञान महायज्ञ आयोजना गरिदैछ । लमही नगरपालिका वडा नं। ९ स्थित बगारबाबा धार्मिक क्षेत्रमा रहेको गौशालाको ब्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञ सञ्चालन गर्न थालिएको गौ यज्ञ महोत्सव तथा देवी भागवत ज्ञान महायज्ञका संयोजक रतनकुमार केसीले जानकारी दिए । महायज्ञको कथा बाचन चर्चित युवा पण्डित रामचन्द्र तिमिल्सेनाले गर्ने कार्यक्रम रहेको छ ।

रिहारमा गौशाला निर्माण गरिएको छ । तर, आर्थिक अभावका कारण गौशाला निर्माण र विस्तार गर्न सकिएको छैन् । आर्थिक स्रोत संकलन गरेर गौशाला ब्यवस्थीत गरी धेरै गाईहरुको पालन गर्न महायज्ञ संचालन गर्नुपरेको मुल आयोजक समितिले जनाएको छ ।

महायज्ञको उद्घाटन चैत्र १ गते गरिने छ । विहान ११ बजे कलश यात्रा लमही बजार वाट निस्कने र रिहार धामको परिक्रमा गरी पुनः सार्वजनिक वगैचामा आएर उद्घाटन सत्रमा परिणत हुने कार्यक्रम छ । महायज्ञ अवधिमा रुद्री, लक्ष्यवर्ती, ग्रह पुजा, व्रतवन्ध, चौरासी पुजा, तुला दान, गाई दान, गाई भोजन लगाएतका धार्मिक कार्य गर्न सकिने छ ।

प्रतिकृया

प्रतिकृया