शंकर केसी, सल्यान,
२६-फागुन / सल्यानमा आगलागीवाट १६ घर गोठ जलेर नष्टभएका छन् । नजिकैको वनमा लागेको डढेलो वस्तिसम्म फैलदा १६ घरगोठ जलेर नष्ट भएका हुन । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा शनिबार दिउँसो वन डढेलोले ८ घर र ८ गोठ जलेर नष्ट भएका छन् ।



छत्रेश्वरी गाउँपालिका वडा नं. ७ मा रहेको फेदीखोला सामुदायिक बनबाट सल्किएको आगोले बन नजिक रहेका श्रीचौरका १६ घरगोठ जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ ।

आगलागी बाट स्थानीय चक्रबहादुर दमाई, बेदबहादुर बोहोराको घर र शेरबहादुर केसी, कालीबहादुर केसीको गोठ जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागी बाट भएको क्षतिको एकीकरण विवरण भने सार्वजनिक भइ सकेको छैन । दिउसो पौने ३ बजेदेखि शुरु भएको आगलागी बेलुका मात्रै स्थानीय तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो ।

आगलागीमा परेर केही चौपाया मरेका छन् । आगो कसरी सल्किएको हो ? भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यसैबिच नेपाल रेडक्रस सोशाईटी सल्यानले आगलागी पिडितलाई राहत सामाग्री बितरण गरेको छ ।


आगलागी बाट पिडित ५ घरपरिवारलाई राहत सामाग्री बितरण गरेको र बाँकी आईतवार बितरण गरिने रेडक्रस सल्यानले जनाएको छ ।


प्रतिकृया

प्रतिकृया