तुलसीपुर,
२८-फागुन / तुलसीपुरस्थित सितलपुर चोकेको नाम आइतवारदेखि परिवर्तन गरेर मदन आश्रित चोक नामांकरण गरिएपछि त्यसवारे तीव्र रुपमा क्रिया प्रतिक्रिया आउन थालेका छन् । सवारी दुर्घटना न्यूनिकरणमा सहयोग पुगोस भन्ने उदेश्यका साथ सितलपुर चोकमा वडा नं. ६ ले ट्राफिक विट स्थापना गर्न लागेको सुरुमा जानकारी दिइएको थियो ।

 

तुलसीपुरको बाहिनी चोकदेखि दक्षिणको टरिगाउँ एयरपोर्ट सम्मको वडा नं. ६ अन्तरगत पर्छ । सुरुमा ट्राफिक व्यवस्थापनमा सहयोग पुगोस भनेर सितलपुर चोकमा ट्राफिक विट स्थापना गर्न लागेको वडा नं. ६ का वडा अध्यक्ष नवराज लामिछानेले जानकारी दिएका थिए । तर आइतवार उक्त ट्राफिक विटको पेन्टिङको क्रममा नेकपा एमालेका स्वर्गिए नेताहरुको नामबाट ‘मदन आश्रित चोक’ लेखिएपछि धेरैले आस्चर्य व्यक्त गरेका थिए ।

यसक्षेत्रकै चर्चित धार्मिक एवं पर्यटकिय स्थल सितलपुर चोकको नाम परिवर्तन गरि मदन आश्रित चोक राख्नुको कारण जान्न खोज्दा तुलसीपुर उपमहागरपालिकाका मेयर घनश्याम पाण्डेले पुरानै निर्णय अनुसार राखिएको बताए । उनले २० वर्ष पहिले भएको निर्णय अनुसार चोकको नाम परिवर्तन गरिएको बताए । ‘हामीले नै २०५४ सालमा सितलपुर चोकको नाम मदन आश्रित राख्ने निर्णय गरेका थियौं र त्यो तत्कालिन नगरसभाले गरेको निर्णय हो ।’

मेयर पाण्डेले भने । उनी २०५४ सालमा उपमेयर थिए । उनले तत्कालिन समयमै तुलसीपुरका विरेन्द्र चोक लगाएत अन्य केही चोकहरुको समेत नाम परिवर्तन गरिएको बताए । आफु सोमवार काठमान्डौंमा रहेको हुँदा कुन चोकको नाम के राखिएको छ भन्ने वारेमा एकिनका साथ भन्न नसक्ने भन्दै कार्यालयमा फर्केर आएपछि परिवर्तित नामहरुको बारेमा जानकारी दिने जानकारी दिए । तुलसीपुर उपमहानगरमा मेयर, उपमेयर लगाएत बहुमत वडा अध्यक्ष नेकपा एमालेले जितेको छ । वडा नं. ६ का वडा अध्यक्ष लामिछानेपनि एमालेवाटै निर्वाचित व्यक्ति हुन ।

२० वर्ष पहिलेको निर्णय लाद्न पाईदैन – वडा अध्यक्ष शाह

तुलसीपुरको सितलपुर चोकको नाम परिवर्तन गरेको बारेमा नेपाली काँग्रेसका नेता र काँग्रेस बाट निर्वाचित अधिकाँस वडा अध्यक्षहरुले भने तीव्र असन्तुष्टि जनाएका छन् । नेपाली काँग्रेसवाट निर्वाचिन वडा नं. ५का वडा अध्यक्ष विरेन्द्र शाहले २० वर्ष पहिले भएको निर्णय अहिले लाद्न खोज्नु आफैमा मजाग भएको बताए । वडा नं. ५ तुलसीपुर बजारको मुख्य भाग हो । ‘ तत्कालिन राजा पूर्वराजा भइसके, तत्कालिन विद्रोही शक्ति आज सत्ताको केन्द्रमा छ । राजनीतिक रुपमा पनि यति धेरै परिवर्तन भइसक्यो । त्यसैले २० वर्ष अघिको कुरा आज लाद्न मिल्दैन।’ वडा अध्यक्ष शाहले भने ।

नाम परिवर्तन गर्नु पूर्व छलफल र परामर्ष नगर्नु तानाशाह लाद्न खोज्नु समान भएको उनले बताए । ‘ ठिक छ ,२० वर्ष पहिले नाम परिवर्तन गर्ने निर्णय भएको थियो रे, तर त्यो कार्यापालिकाका अन्य सदस्य र जनप्रतिनिधिले जान्न पाउनुपर्छ कि पर्दैन,’– शाहले थपे ‘मनोमानी ढंगले अगाडि बढ्न खोजे त्यो स्वीकार्य हुनै सक्दैन।’ नेपाली काँग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति जगतबहादुर खड्काले पनि चोकको नाम परिवर्तन गरिएको प्रति तीव्र असन्तुष्टि जाहेर गरेका छन् । २०५४सालका कुरा गरेर मात्रै नुहने भन्दै उनले परिवर्तित नयाँ परिस्थितिमा सबैको सरसल्लाह र सहमतिमा मात्रै सार्वजनिक सरोकारका विषयमा निर्णय हुनुपर्ने बताए ।

बहुमतको दम्भ नदेखाउन क्षेत्रीय सभापति खड्काको चेतावनी छ । ‘यदी मनपरी गर्ने हो भने हामी पनि काँग्रेसका पुराना नेता कार्यकर्ताको नामवाट धमाधम चोकेको नाम तोक्नेछौं,हैन भने गलत काम मेयरले तत्काल सच्याउनुपर्छ।’ खड्काले भने । सहमति र सहकार्यवाट मात्रै देशले निकास पाउने भन्दै तानाशाह लाद्न खोजे त्यो सैह्य हुनै नसक्ने खड्काले चेतवनी दिए ।

 

प्रतिकृया

प्रतिकृया