घोराही,
२८-फागुन / घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाको व्यवस्थापन थालेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ बजार क्षेत्रमा रहेका छाडा गाईगोरुहरुको उपमहानगरले व्यवस्थापन थालेको हो ।

 

केही दिन अघि घोराही बजार क्षेत्रबाट नियन्त्रणमा लिएका ६१ गाईगोरु विभिन्न व्यक्तिहरुको जिम्मा लगाएका छन् । जस अन्तरगत रोल्पामा पाल्नका लागि ४६ वटा, उपमहानगरका कर्मचारीहरुले ४ वटा, ६ वटा सम्बन्धी व्यक्तिले लगेका छन् भने दुई वटा दुहुना गाईलाई कार्यालयमै राखिएको छ । रोल्पा त्रिबेणि गाउँपालिका ७ गैरीगाउँका कर्णबहादुर विक, चन्द्रबहादुर परियार, गोपाल विक र खगेन्द्र वलीले पालनका लागि ४६ वटा गाईगोरु लगेका छन् ।

उपमहानगरपालिकाले जिल्ला प्रशासन, जिल्ला प्रहरी, नागरिक समाज, दाङ जिल्ला उद्योग बाणिज्य संघ, पत्रकारहरुको रोहबरमा गाईगोरुको जिम्मा लगाएको हो । रोल्पा पठाईएका गाईगोरुलाई किसानहरुले पाल्ने बिषयमा त्रिबेणि गाउँपालिकाका अध्यक्ष सँग समेत उपमहानगरले समन्वय गरेर पठाएको मेयर नरुलाल चौधरीले जानकारी दिए ।

 

प्रतिकृया

प्रतिकृया