तुलसीपुर
२९ फागुन/ नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ राप्ती बवई क्याम्पस तुलसीपुर ईकाइ समितिले शुल्क बढाउने क्याम्पस प्रशासनको निर्णय प्रति ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ क्याम्पस ईकाइ सभापति रोहित न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति प्रकासित गर्दै सुल्क बृद्धिगर्ने निर्णयको विरोध गरेका छन् ।

‘ विद्यार्थी संगठनहरु संग सर सल्लाह र छलफल नै नगरी क्याम्पस प्रशासलने एकलौटी ढंगले मासिक शुल्कमा झन्डै दोब्बरले बृद्धि गर्दा विद्यार्थी मर्कामा पर्ने हुँदा नेविसंघ त्यसको विरोधमा उत्रिएको हो ।’ न्यौपानेले तुलसीपुर अनलाईनलाई फोनमा भने । यसैबीच न्यौपानेले यो सवालमा क्याम्पसमा क्रियासिल अन्य विद्यार्थी संघ संगठनहरु संग समेत सरसल्लाह र छलफल हुनुपर्ने माग गरे ।

‘ हामीले आजै अन्य संगठनहरु संगपनि छलफल र सरसल्लाह सुरु गरेका छौं,’– सभापति न्यौपानेले अगाडि भने ‘ सम्भवतः क्याम्पसमा क्रियासिल विभिन्न संगठनहरु संग शुक्ल बृद्धिको सवालमा बुधवार नै छलफल हुनेछ ।’

क्याम्पस प्रशासनले गरेको शुल्क बृद्धि तत्काल कार्यान्वयनमा नल्याउन मागगर्दै क्याम्पस प्रशासन समक्ष मंगलवार नेविसंघ ईकाइ समितिले ज्ञापनपत्र समेत बुझाएको छ । क्याम्पस प्रमुख लक्ष्मण रेग्मीलाई ज्ञापन पत्र बुझाइएको सभापति न्यौपानेले बताए ।

किरण केसीलाई कारवाहीको माग
यसैबीच नेविसंघ ईकाइ सभापति न्यौपानेले नेविसंघका जिल्ला सदस्य किरण केसीलाई कारवाहीको माग गरेका छन् । मंगलवार एक विज्ञप्ति प्रकासित गरि न्यौंपानेले त्यस्तो माग गरेका छन् । जिल्ला सदस्य केसीले क्याम्पसमा क्रियासिल नेविसंघको आधिकारीक पदाधिकारी संग सरसल्लाह र निर्णय विपरीत अवैधाकि तथा व्यक्तिगत स्वार्थ पुरागरी संगठनलाई धारासायी पार्ने नियत राखेको हुँदा कारवाहीको माग गरिएको छ ।

नेपाल विद्यार्थीसंघ जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति र नेपाली काँग्रेस जिल्ला कार्यसमितिलाई बोदार्थ उक्त पत्र पठाइएको छ । विज्ञप्तिमा केसी व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि संगठनलाई धारासायी पार्ने नियत राखेको तथा विद्यार्थीलाई भड्काएको र बदनाम हुने खालका क्रियाकलाप गरेको आरोप लगाइएको छ ।

प्रतिकृया

प्रतिकृया