तुलसीपुर,
२९- फागुन / नेपाल नेत्र ज्योती संघ दाङ तथा राप्ती आँखा अस्पतालको आयोजनामा भएको निशुल्क आँखा शिविरमा एक हजार ९ सय एक जनाको आँखा चेक जाँच गरीएको छ ।

अस्पतालले विभिन्न स्थानमा गरकोे शिविरमा मोतिविन्दुको अप्रेसन समेत गरीएको अस्पतालका नेत्ररोग विशेषज्ञ डा निता सुनामले जानकारी दिएकी छन् ।

सल्लिबजार सल्यनमा भएको शिविरमा ४ सय ८५ जनाको आँखा चेक जाँच गरीएकोमा ९७ जनाको अप्रेसन , खोलागाउ रुकुम ६ सय ४२ जनामा ६८ जना , त्यसैगरी त्रिवेनि सल्यानमा ७ सय ३४ जनाको आँखा चेकजाँच गरीएकोमा ५४ जनाको निशुल्क मोतिविन्दुको अप्रेसन गरीएको अस्पतालका वाहेकार्यक्रम संयोजक नेत्रअधिकृत शालिकराम गौतमले जानकारी दिए ।

आफ्नै गाउँ घरमा निशुल्क सेवा पाउँदा स्थानीयहरुले खुसी व्यक्त गरेका थिए । शिविर नेपाल सरकर को आर्थिक सहयोग राप्ती आँखा अस्पतलको प्रबिधिक सहयोग तथा विभिन्न स्थानमा स्थानिय आयोजक हरुले स्थानिय ब्यबस्थापन गरेका थिए ।

डाक्टर निता सुनामको नेतृत्वमा गएको टोलिले सेवा दिएको थियो ।

 

प्रतिकृया

प्रतिकृया