रिजाल परिवारद्धारा दश लाखको जग्गा दान

यमकला भुसाल, रझेना,
२९- फागुन / तुलसीपुर उपमहानगरपालिका वडा नं १२ रझेनामा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको छैठौ दिन १६ लाख बढी रकम सकंलन भएको छ । नगद र जिन्सिगरि महायज्ञको छैठौ दिन १६ लाख बढी दान संकलन भएको हो ।

मंगलवगार ६ लाख १७ हजार १ सय ८४ रुपैंया दान सकंलन भएको महायज्ञ आयोजक मुल समितिका सयोजंक खुमानन्द अधिकारीले तुलसीपुर अनलाईनलाई जानकारी दिए । महायज्ञमा मगंलबार ६ लाख बढी नगद सकंलन भएको छ भने १० लाखको जग्गा दान भएको छ ।

बृद्ध सेवा समिति जेष्ठ नागरिक समाजको आयोजनामा तुलसीपुर १२ रझेनामा रहेको केशवराज झुपा कुमारी बृद्धाआश्रमको स्तर उन्नती एवं पुण्यआर्जनका लागि महायज्ञ सञ्चालन गरिएको हो ।

महायज्ञको छैठौ दिन मगलंबार विमल रिजाल,चिरञ्जीवी रिजाल र तेजकुमारी बुढाथोकीले १० लाख बराबरको जग्गा दान गरेका छन ।महायज्ञमा जयमातादी सुन चादीँ पसलका सञ्चालक रामवहादुर केसीले १ लाख ५ हजार रुपैया नगद दान गरेका छन भने उत्तमकुमार क्षेष्ठले बृद्धा आश्रममा गणेशको मन्दिर बनाउने घोषणा गरेको सयोजंक अधिकारीले जानकारी दिए ।

महायज्ञमा छैठौ दिनसम्म ३३ लाख १५ हजार २ सय ६६ रुपैंया रकम सकंलन भएको आयोजकले जानकारी दिएको छ । बृद्धा आश्रमको स्तरउन्नतिका लागि सञ्चालन गरिएको कथा वाचकमा रविन्द्र कृष्ण अधिकारी रहेका छन । महायज्ञमा छैठौ दिन मगंलबार पनि भक्तजनहरुको सहभागिता उत्साहपुर्ण रहेको थियो ।

साथै महायज्ञमा दान गर्ने दानविरलाई रकमका आधारमा बृद्धा आश्रमले सम्मान गर्दे आएको छ । फागुन २४ गतेदेखि सुरु भएको महायज्ञ फागुन ३० सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

 

प्रतिकृया

प्रतिकृया