सल्यान
३ जेठ/ सल्यानमा सामुदायीक वनको दुई हजार हेक्टर जमिन अतीक्रमण भएको पाइएको छ । कर्णालि प्रदेशको सल्यान जिल्ला वर्षाैँदेखि अतिक्रमणको चपेटामा पर्दै आएको हो । जिल्ला वन कार्यालय सल्यानले कपुरकोटमा आयोजना गरेको सहभागीतामुलक अतिक्रमण चोरी, कटान तथा चोरी शिकारी नियन्त्रण सम्बन्धि एक दिने गोष्ठीमा वन अतिक्रमणलाइ रोक्न सबै जागरुक बन्नुपर्नेमा जोड दिइएको हो । वन क्षेत्रमा बसेका अव्यवस्थित बसोवास तथा जथाभावि खनिएको सडक र वन फडानीको कारण यस जिल्लाको वन अतिक्रमणको चपेटामा परेको जिल्ला वन कार्यालयले जानकारि दिएको छ ।

कार्यक्रममा सहायक वन अधिकृत कमल घिमिरेले सामुदायिक वनको संरक्षण र संर्वद्धनका लागि उपभोक्ता समुहहरु जागरुक हुन आवश्यक रहेको बताए । बनक्षेत्रमा हुने काठ तस्करीदेखि चोरी सिकारी हुन लागेको थाहा पाए वन कार्यालयलाई जानकारी गराएमा पुरस्कारको व्यवस्था रहेको उनले बताए । उनले भने, ‘अतिक्रमणलाइ रोक्न स्थानीय तह, सामुदायीक वन उपभोक्ता समुह र वन कार्यालय संगै मिलेर जान आवश्यक छ ।’

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमिती केन्द्रिय सदस्य घनश्याम शर्माले सामुदायिक वन समुदायको मातहतमा आएदेखि नांगा डाँडाहरु हरियाली भएको बताए । उनले भने, ‘राज्यको नेतृत्वमा नांगा डाँडापाखाहरु हरियालिपूर्ण बन्न असम्भव थियो ।’ शर्माले वनलाइ संरक्षण मात्रै नभइ उत्पादनमुलक वनाउन पनि पहल गर्नुपर्ने बताए । वनको स्वामित्व स्थानीयलाइ नै दिएमा बनको उत्पादकत्व क्षमता बढ्ने उनको भनाइ थियो ।

गोष्ठीमा कपुरकोट गाउँपालिका १ का वडाअध्यक्ष तथा वातावरण तथा विपत व्यवस्थापन समिती संयोजक बालाराम खड्काले सामुदायिक वन क्षेत्रमा काम गर्न चुनौति रहेको बताए । वन अतिक्रमणबाट जोगाउन दण्ड र जरिवानाको व्यवस्था गर्दा पदाधिकारी नै आलोचित हुनुपर्ने अवस्था रहेको अध्यक्ष खड्काले बताए । यद्यपि अव वन क्षेत्रको विकासमा आफेले सक्दो पहल गर्ने खड्काको भनाइ थियो ।

यसैगरि कपुरकोट गाउँपालिका ३ का वडाअध्यक्ष मिन बहादुर सेनले उपभोक्ता समितीका पदाधिकारी नै चोरी शिकारी कार्यमा संलग्न रहेको पाइएको बताए । ‘जवसम्म व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर उपभोक्ताहरुले आफ्नो जिम्मेवारी बोध गर्दैनन् तव सम्म हरियो वन नेपालको धन भन्ने नारा सार्थक बन्न सक्दैन,’ उनले भने । यस्तै गोष्ठीमा ललिता गिरी, टिकाराम बुढाथोकी लगाएतकाले बोल्दै वनको संरक्षण गर्नु सबैको दायीत्व भएको बताएका थिए ।

 

प्रतिकृया

प्रतिकृया