तुलसीपुर,
४-जेठ /  संघीय ईकाई प्रहरी कार्यालय तुलसीपुर, दाङका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिलिप चौधरीले समाजमा शान्ति कायम राख्न प्रहरीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

 

रोटरी क्लब अफ तुलसीपुर सिटिले आयोजना गरेको कार्यक्रममा चौधरीले समाजमा हुने विभिन्न खाले अपराधहरुको कसरी रोकथाम र नियन्त्रण गर्ने, नागरिक र प्रहरीको सम्वन्ध कसरी प्रगाढ गराउने, अपराध नियन्त्रण गरि कसरी शान्त समाज बनाउने सवालमा प्रहरी सदैव चनाखो भएर बस्नुपर्ने बताए । समाजको सहयोग विना प्रहरी एक्लैले त्यो गर्न मुस्किल पर्ने भन्दै स्थानीय संघ संस्था र जनस्तरमा लगातार अन्तरक्रिया गर्न आवश्यक रहेको तर्क गरे । एक अर्को प्रसंगमा चौधरीले दाङमा सबैभन्दा ठूलो समस्याको रुपमा सवारी दुर्घटना र आत्महत्या गर्नेहरुको संख्या बढी रहेकोले त्यसको न्युनिकरणको लागि रोटरी क्लबलाई जनचेतनामुलक कार्यक्रम संचालन गर्नको लागि पनि आग्रह गरे ।

चौधरीलाई क्लबका पूर्व अध्यक्ष बिमल रिजालले खादा ओढाएर सम्मान एवम् स्वागत गरेका थिए भने पूर्व अध्यक्ष बिजय केसीले क्लबले स्थापना कालदेखि हालसम्म गरेका बिभिन्न सामाजिक गतिबिधीहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कोषाध्यक्ष बिनिल केसीले रोटरी क्लवका काम कतव्र्य र अधिकारका वारेमा अवगत गराएका थिए ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानवावु श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम पूर्व अध्यक्ष कुशल तर्तालको स्वागत मन्तब्यबाट सुरु भएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ, उपाध्यक्ष शिव श्रेष्ठ, मर्यादापालक दुर्गाबहादुर केसी लगाएतले मन्तब्य व्यक्त गरेका थिए । महासचिव सन्दिपन रिजालले सहजीकरण गरेको कार्यक्रममा क्लबका प्रस्तावित अध्यक्ष देवबहादुर केसीले धन्यवाद मनतव्य ज्ञापन गरेका थिए ।

 

प्रतिकृया

प्रतिकृया