घोराही,
४-जेठ  / दाङका स्थानीय तहहरुमा सहकारीलाई हस्तान्तरण प्रकृया सुरु भएको छ । डिभिजन सहकारी कार्यालयले आज पहिलो चरणमा दश वटै तहमा पर्ने सहकारी संस्थाहरुको अभिलेख हस्तान्तरण गरेको छ ।

 

 

अभिलेख हस्तान्तरण तथा जनप्रतिनिधी र प्रमुख प्रशासकिय अधिकृतहरुलाई सहकारी सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरि डिभिजन कार्यालयले पहिलो चरणमा अभिलेख हस्तान्तरण गरेको हो ।

डिभिजन प्रमुख विनोदकुमार पौडेलको अध्यक्षता एवं जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा १० वटै तहहरुलाई सहकारीको अभिलेखहरु हस्तान्तरण भएको हो । दाङमा ६ सय १८ सहकारी संस्थाहरु रहेका छन् ।

स्थानीय तह अन्तर्गत घोराही उपमहानगरपालिकामा एक सय ८९, तुलसीपुरमा १ सय ६०, लमही नगरपालिमा ४१, बंगलाचुली गाउँपालिकामा २० वटा सहकारी सस्थाहरु रहेका डिभिजन सहकारी कार्यालय दाङका प्रमुख बिनोद पौडेलले जानकारी दिए

त्यस्तै राप्ती गाउँपालिकामा २६, गढवा गाउँपालिकामा ४१, राजपुर गाउँपालिकामा १०, दगीशरण गाउँपालिकामा २२, बबई गाउँपालिकामा १२ र शान्तिनगर गाउँपालिकामा २२ वटा सहकारी संस्थाको अभिलेखलाई आज हस्तान्तरण गरिएको हो ।

६ सय ३५ सहकारी मध्य ५ सय ४३ वटा स्थानीय तह र ९२ वटा प्रदेश सरकारलाई कार्यालयले हस्तान्तरण गरिएको हो । कार्यक्रममा सहकारी बिभागका शाखा अधिकृत लिलावल्लभ चापागाँईले सहभागिहरुलाई प्रशिक्षण दिएका छन भने सहजिकरण कमल पोख्रेलले गरेका छन ।

 

प्रतिकृया

प्रतिकृया