तुलसीपुर
१० जेठ/ दाङको तुलसीपुर र घोराहीको चार लेन सडक समयमै पूरा नगर्ने दुई निर्माण ब्यबसायीलाई प्रहरीले पक्राउ गरिएको छ । तुलसीपुरको हातिखौवा देखि घोराहीरोड चोकसम्म फोर लेन सडक निर्माणको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवाका सञ्चालक प्रकाश महतारा र घोराहीको कटुवाखोला देखी तुलसीपुर चोक सम्मको फोरलेन सडकको जिम्म पाएको कान्छाराम शङ्करमाली निर्माण सेवाका सञ्चालक पदम शर्मालाई पक्राउ गरिएको हो ।Ambikeshwori Auto Mart

२०७१ सालमा काम शुरु गरेका उनीहरुले चारबर्षसम्म पनि पुरा नगरेको भन्दै निर्माण कार्य ढिलाई हुनुको कारणबारे स्पस्टीकरणका सोध्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एबं एसपी दुर्गा सिंह चन्दले बताईन् । उनीहरुले एक बर्षमा पुरा गर्नुपर्ने भएपनि चार बर्ष सम्म पनि ५० प्रतिसत काम पुरा नगरेको भन्दै पक्राउ गरिएको हो ।

सरोकारवालासंग छलफल पछि उनीहरुलाई आबश्यक कारबाहीका प्रक्रिया थालिने उनले बताईन् । प्रमुख चन्दका अनुसार समयमै बिकास निर्माणको काम पुरा नगर्ने अन्य ब्यबसायीको सुची तयार पारेर खोजी कार्य भईरहेको समेत बताईन् । अहिले करिब ४० वटा योजनाहरुको काममा ढिला सुस्ति भईरहेको लिस्ट तयार भएको उनको भनाई छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया