तुलसीपुर
१० जेठ/ दाङमा सिमेन्ट उद्योग र आम ग्रहाकमा जाने बिद्युतको लाईन एउटै भएकाले बिद्युत अनियमित हुने समस्या देखिएको बिद्युत प्राधिकरण सब–स्टेशन लमहीले जनाएको छ । सिमेन्ट उद्योगकै कारण ओभर र लो भोल्टेजको समस्याले गर्दा बिद्युत अनियमित भईरहेको सबस्टेशन ईञ्चार्ज जयाराम छापकुलीले जानकारी दिए । उनका अनुसार सिमेन्ट उद्योगमा जाने र ग्राहाकमा जाने लाईन एउटै भएकाले बिद्युत अनियमितको समस्या भईरहेको बताए ।

Ambikeshwori Auto Mart

उनका अनुसार सिमेन्ट उद्योगले आबश्यकता अनुसार बिद्युत प्रयोग गर्ने र प्रयोग नगरेको बखतमा हाई भोल्टेज हुने तथा प्रयोग गरेको अबस्थामा लो भोल्टेजको समस्या निम्तिने बताए । ‘सिमेन्ट उद्योगमा प्रयोग भएमा लो हुन्छ’ उनले भने‘प्रयोग नभएमा हाई भोल्टेज हुन्छ ।’ लमही सबस्टेशनबाट कुनै अबरोध नहुँने तर तुलसीपुर , घोराहीमा आन्तरीक समस्याकै कारणले बिद्युत अनियमित हुने गरेको उनले बताए ।

अहिले सरकारले लोडसेडिङ नगर्न निर्देशन दिएको भन्दै सोही अनुसार दाङमा पनि लोडसेडिङ नभएको तर आन्तरिक कारणले गर्दा बिद्युत अनियमित हुन पुगेको उनले बताए । उनका अनुसार ठुला ठुला उद्योगमा जाने लाईन र ग्राहकमा जाने लाईन फरक नहुँदा सम्म यो समस्या ज्यूका त्यू रहने उनको भनाई छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया