शरद रेग्मी,तुलसीपुर
३१ – जेठ/ दाङको तुलसीपुर क्षेत्रमा भैरहेको बिद्युत अनियमितताको तत्काल अन्त्य गर्नुपर्ने भन्दै बिहिवार तुलसीपुर उधोग बाणिज्य सघंले तुलसीपुर उपमहानगरपालिकालाइ ज्ञापन पत्र बुझाएको छ ।

Ambikeshwori Auto Mart

बिधुत कार्यालयको चरम लापरबाही , आन्तरिक लोडसेडिङले व्यवसायी र आम जनताहरु आजित भैसकेको भन्दै बाणिज्य सघंले तत्काल सेवा सुधारका लागी पहल गर्न समेत मेयर घनश्याम पाण्डेलाई आग्रह गरे । तुलसीपुर उद्योग बाणिज्य सघंका कार्यबाहक अध्यक्ष राम प्रशाद चालिसेको नेतृत्वमा उपमहानगरपालिका पुगेको व्यवसायीहरुको टोलिले माथिल्लो स्तरबाटै समस्याको समाधानका लागी भुमिका खेल्न समेत आग्रह गरेका थिए ।

सो अबसरमा सघंका सचिव बिनील केसीले तत्काल बजार अनुगमन ,यस क्षेत्रमा रहेका सम्पूर्ण व्यवसायीहरुको फर्म अनिवार्य दर्ता हुनु पर्ने , उपमहानगरपालिका र उधोग बाणिज्य सघ बिच सहकार्य गरेर अगाडि बढनु पर्ने माग पेश गरेका थिए । ज्ञापनपत्र बुझिकेपछि मेयर पाण्डेले तत्कालै उर्जा मन्त्री बर्षमान पुन सगं फोन सम्पर्क गरि बिधुतका बिधमान समस्याको तत्काल समाधान हुनु पर्ने बताए ।

पाण्डेले आफु पनि बिधुत कार्यलयको काम काजबाट सन्तुष्ट नभएको भन्दै अफिसियल रुपमा सुधारका लागि पहल थाल्ने बताए । साथै मेयर पाण्डेले तुलसीपुर उधोग बाणिज्य सघं र उपमहानगरपालिका बिचको सहकार्यबाट मात्रै हरेक सामाजिक बिकास र उत्तरदायित्वले सार्थकता पाउने भन्दै आफु सहकार्य गर्न तयार रहेको प्रष्ट समेत पारे।

यस अघि बिधुत कार्यालय तुलसीपुरमा बाणिज्य सघंले एकहप्ताको अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको थियो ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया