शंकर के सी, सल्यान
३१ – जेठ / सल्यानका स्थानीय तहहरुले एकिकृत सम्पत्ती कर लगाउने तयारी गरेका छन् । स्थानीय तहलाइ स्थानीय श्रोतको परिचालनमा सक्षम र प्रभावकारी बनाउन संविधानले दिएको अधिकार प्रयोग गरि एकिकृत सम्पत्ती कर लागू गर्ने तयारी यहाँका स्थानीय तहहरुको छ ।

Ambikeshwori Auto Mart

यसले कतिपय त्रसित बनेका छन् भने जनताले कर तिर्न नसक्ने अवस्था आएर ढाड नै सेकिने हो कि भन्ने चर्चा पनि चल्न थालेको छ । यस विचमा जिल्लाको कपुरकोट गाउँपालिकामा पनि यस प्रकारको कर लाग्ने भन्ने विषयले प्रवेश पाएको छ । गाउँपालिकाले एकिकृत कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम नै सम्पन्न गरिसकेको छ ।

जनप्रतिनिधी र सरोकारवालाहरुलाइ बोलाएर कपुरकोट गाउँपालिकाले एकिकृत सम्पत्ति करको बारेमा अभिमुखिकरण गरेको हो । कस्ता कस्ता जग्गा र उक्त जग्गामा बनेका संरचनामा के कति कर लाग्ने वा नलाग्ने भन्ने बारेमा अभिमुखिकरणमा जानकारी गराइएको सूचना अधिकारी जीवराज खत्रीले बताए ।

गाउँपालिकाको आयोजना र एच आर व्यवसायीक परामर्श तथा तालिम केन्द्र सुर्खेतको सहजीकरणमा भएको कार्यक्रममा सहजकर्ता रामप्रसाद शर्माले गाउँपालिका क्षेत्रको जग्गा र त्यस्तो जग्गामा बनेको घर, पर्खाल, भवन, गोदाम, टहरा, सेड, ग्यारेज जस्ता भौतिक संरचनाहरुमा कर लाग्ने बताए । यद्यपि एकिकृत सम्पत्ती कर लागेको सम्पत्तीमा मालपोत तिर्न नपर्ने उनको भनाइ थियो ।

एकिकृत करको चर्चा चलिरहँदा विशेष गरि साहुमहाजन ठानीनेहरु त्रसित बनेको देखिन्छ । स्थानीय सरकारले कर असुल्नेमात्रै नभइ सेवासुविधा पनि जनतालाइ पर्याप्त दिनुपर्ने तर्क कतीपय व्यक्तिले गर्ने गरेका छन् ।

व्यक्तिको नाममा रहेको जग्गा र यस जग्गामा बनेको संरचनाको मुल्यांकनको आधारमा सबैको सल्लाह र सुझाब अनुसार कर लिइने कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए । उनले सबै जग्गा र घरको एउटै मापदण्ड नभई बर्गीकरणकोे रुपमा सबै स्थानको फरक फरक प्रकृति अनुसार करको मुल्यांकन गरि कर लगाइने जानकारि दिए । उनले जग्गाको मुल्यांकन गर्दा बजारमा चचलेको रेट तथा सरकारले बनाएको मापदण्ड र जनताको आर्थीक अवस्थालाइ आधार बनाइ मुल्यांकन गरिने बताए ।

अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रशस्त गृहकार्य गरेर जनताको राय सुझावको आधारमा कर निर्धारण गरिने बताए । उनले एकिकृत सम्पत्ती करका बारेमा गलत हल्ला कसैले फैलाउन नहुने बताए ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया