लक्ष्मण बस्नेत, तुलसीपुर
३१ जेठ/ दाङ तुलसिपुरस्थित अरनिको मैदानमा संचालित प्रथम मेयर कप फुटबल प्रतियोगिता २०७५ को उपाधी वडा नं. ५ ले चुमेको छ । तुलसिपुर उपमहानगरपालिकाको आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा विहीवार वडा नं. १५ लाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै वडा नं. ५ ले उपाधी चुमेको हो । उपाधी सगै उसले नगद ५० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र हात पारेको छ ।Ambikeshwori Auto Mart

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा सशक्त र सान्दार प्रदर्शन गरेको वडा नं. ५ को तर्फबाट जर्सी नं. १७ का हिरा डाँगीले खेलको पहिलो हाफमा पहिलो गोल गरेका हुन र। त्यस्तै उज्वल चौधरीले खेलको दोस्रो हाफमा १ गोल थपे भने जर्सी नं. १२ का ईश्वरी बुढाथोकीले थप १ गोल गर्दै आफनो टिमको खातामा ० विरुद्ध ३ गोलको योगफल जोडेका हुन ।

फाईनलमा पराजित वडा नं. १५ ले उपबिजेतामा चित्त बुझाउदै नगद ३० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै प्रतियोगिता अन्तरगत तृतीय स्थानका लागि भएको खेलमा वडा नं. ६ लाई ट्राईवेकरमा १ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै वडा नं. ७ ले तृतीय स्थान हासिल गरेको छ । उसले नगद २० हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पारेको छ । जेठ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा तुलसिपुर उपमहानगरपालिकाका १९ वडाका टिमको सहभागिता रहेको थियो ।

उज्वल चौधरी उर्वौउत्कृष्ट खेलाडी घोषित
उक्त अबसरमा सर्बोउत्कृट खेलाडी वडा नं. ५ का उज्वल चौधरी,सर्वाधिक ५ गोल कर्ता वडा नं. ६ का मनोज चौधरी,उत्कृष्ट गोल रक्षक वडा नं. ५ का प्रकाश रोका,उत्कृष्ट मिडफिल्डर वडा नं. १५ का सुरेन्द्र चौधरी,उदयमान खेलाडी वडा नं. १५ का सिमान्त बुढाथोकी,उत्कृष्ट डिफेन्स वडा नं. ५ का लोकेन्द्र वलीलाई भए ।

प्रतियोगिताको समापन समारोह मेयरकप प्रतियोगिताका सयोजक अमर नेपाली माईकलको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पान्डेको प्रमुख आतिथ्य एवं उपमेयर माया आचार्यको बिशिस्ट आतिथ्यमा भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै मेयर पाण्डेले तुलसीपुरलाई एउटा खेलकुद नगरीको रुपमा विकास गरिने बताए ।

वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले खेलकुदले मानिसलाई निरोगी र अनुसासित गराउनुको साथै उसको व्यक्तित्व विकासमा भूमिका खेल्ने बताए ।कार्यपालिका सदस्य दिपक कुमालको स्वागत मन्तव्य बाट सुरु भएको समारोहको सहजीकरण प्रतियोगिताका सदस्य सचिब वसन्त बिवश आचार्यले गरेका हुन ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया