शिवु खनाल, लमही
२९-असार  / दाङको गढवा गाउँपालिका वडा नं. ६ थानदेउखुरीमा जग्गा सम्वन्धी विवाद हुदा छिमेकी विच झडप भएको छ । धान रोपाई हुदै गर्दा उनीहरु एक÷आपसमा कुटा कुट गरेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

Ambikeshwori Auto Mart

 

झडपमा परेर ६ जना घाईते भएका छन् । झडपमा परेर गढवा गाउँपालिका वडा नं. ६ थानदेउखुरी निवासी ५७ बर्षीय चन्द्रिका यादव, उनका छोरा ४६ बर्षीय रामचरित्र यादव, सोही ठाउँ निवासी ५५ बर्षीय सुख्खा प्रसाद यादव, उनका छोरा १८ विन्तिराम यादव, ४५ वर्षी आयोजकप्रसाद यादव, उनका छोरा २० बर्षीय हरिचन्द्र यादव गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले वताएका छन् ।

‘जग्गा सम्वन्धी विवादमा दुई पक्ष विच कुटाकुट भएको पाईयो । फरुवाले हान्दा चोट लागेको छ’उनले भने–‘घटनाको अनुसन्धान गर्दैछौं ।’ सुख्खा प्रसाद यादवले चर्चियर खनजोत गर्दै आएको जग्गा आफुले किनेको भन्दै चन्द्रिकाले दाबी गरेको र सुख्खा प्रसादले त्यो जग्गा आफ्नो भएको दागी गरेपछि दुई पक्षिय विच झडप भएको प्रहरी प्रमुख गोलेले वताए । प्रहरीले घटनामा प्रयोग भएको २ वटा फरुवा बरामद गरेको छ । घाईतेहरुलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बुटवल र नेपालगञ्ज पठाइएको छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया