तुलसीपुर,
२९-असार / जंगली च्याउ खाएर विरामी अवस्थामा उपचाररत एकजना बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ पाँचपोखरी निवासी ५ वर्षीया प्रसंशा घर्तीको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकलकलेजमा शुक्रवार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Ambikeshwori Auto Mart

 

 

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रशाद घर्तीले बालिका घर्तीको उपचारका क्रममा शुक्रवार विहान बाँकेको कोहलपुरमा मृत्यु भएको जानकारी दिए ।

गत बुधवार नजिकैको जंगलवाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका १८ वर्षीया गोमा घर्ती, १९ वर्षीय बालाराम घर्ती र ३२ वर्षीया धनकली घर्ती गम्भीर विरामी परेका छन् । उनीहरुको पनि बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गत बुधवार मात्रै पश्चिम दाङको शान्तिनगरमा जगंली च्याउ खाँदा नावालकसहित एकै घरका सात जना गम्भीर बिरामी परेका छन्।

शान्तिनगर गाउँपालिका वडा नं. २ बाघमारे निवासी ५० वर्षीय सिंहबहादुर नेपाली, उनकी ४६ वर्षीय पत्नी छमकली नेपाली, छोरीहरु ३६ वर्षीया मनकुमारी नेपाली,२० वर्षीया पवित्रा नेपाली, १६ वर्षीया प्रभा नेपाली,ज्वाँई २४ वर्षीय नरेश नेपाली र उनका छोरा ३ वर्षीय अमान नेपाली जंगली च्याउ खाएपछि विरामी परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश समपकोटाले जानकारी दिए।

सबै बिरामीको राप्ती अंचल अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँके जिल्लाको कोहलपर रेफर गरिएको छ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया