घोराही,
२९ – असार/ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राजनितिको आधारमा न्याय प्रभावित हुन नहुने बताएका छन् ।

Ambikeshwori Auto Mart

सर्बोच्च अदालत न्यायमा पहुँच आयोग र ५ नम्बर प्रदेश कानुन मन्त्रालयको आयोजनामा शुक्रबार घोराहीमा आयोजित न्यायमा सहज पहुँचका लागि स्थानिय न्यायीक समितिको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पोख्रेलले न्याय प्रबाहमा राजनितिको प्रभाब आउन नहुने बताएका हुन् ।

स्थानिय तहमा धेरै अधिकार आएको भन्दै उनले न्यायीक समितिले निश्पक्ष र कानुनको अधिनमा रहेर न्याय सम्पादन गर्नुपर्ने बताए । राजनितिको आधारमा न्याय सम्पादन गर्न नहुने भन्दै स्थानिय तहमा प्रतिपक्ष छैन भन्ने भावनाका साथ काम गरे मात्रै न्याय स्थापित हुने धारणा राखे । कानुन र न्यायमा निश्पक्षता भए मात्रै सहि ढंगको विकास हुने उनको भनाई छ ।

बास्तविक पिडितले न्याय पाउने र पिडकलाई गल्तीको महशुस गराउन सक्नु नै सच्चा न्यायाधिस हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका न्यायाधिस सपना मल्ल प्रधानले सामुदायिक न्यायको सुनिश्चिता गर्ने अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न न्यायीक समितिका संयोजकहरुलाई आग्रह गरे ।

न्याय आस्था र बिश्वास भएको भन्दै उनले पिडितलाई न्यायको अनुभुति गराउन सक्नु नै न्यायाधिसको प्रमुख जिम्मेवारी हुने बताए । आफुहरुले गरेका निर्णयमा प्रश्न उठ्ने र बदर हुने जस्ता अबस्थाहरु आउन सक्ने भन्दै उनले कानुनलाई बुझेर मात्रै न्याय सम्पादनमा बिबेक प्रयोग गर्न सुझाब दिए ।

साथै प्रदेशका कानुन मन्त्री कुलप्रसाद केसीले न्यायमा पहँुच सुनिश्चितामा बिषेश ध्यान दिन समिति संयोजकहरुलाई निर्देशन समेत दिए ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

 

प्रतिकृया

प्रतिकृया