घोराही,
२९-असार / प्रदेश नम्बर पाँचका आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी कसैको दवावमा नतोकिने बताएका छन् ।

Ambikeshwori Auto Mart

रिपोटर्स क्लव दाङले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा कानुन मन्त्री केसीले बैज्ञानीक ढंगबाट नै स्थायी राजधानीको टुंगो लाग्ने भन्दै राँको नभई दिप बल्ने अवस्थाको सृजना गर्ने बताएका हुन् ।

प्रदेशसभा सदस्यहरुले उचित निर्णयका लागि आबस्यक गृहकार्यहरु गरिरहेको र बिबेकशिल ढंगबाट स्थायी राजधानी तोकिने भन्दै धैर्य गर्न नागरिकहरुलाई आग्रह गरे । सबै परिस्थितीहरुलाई सहज बनाउदै बिबाद रहित र साझा दायित्व रहने गरी राजधानीको टुंगो लाग्ने उनको भनाई छ ।

साथै उनले अब प्रदेशको विकास आबस्यकता र प्राथमिकीकरणमा आधारीत भएर अघि बढ्ने बताए । प्रदेशमा अब जग्गा नभएर खेति गर्न पाएन भन्ने अबस्थाको अन्त्य गर्न लिजमा जग्गा लिएर खेती गर्न चाहानेलाई सरकारले अनुदान दिने उल्लेख गरे ।

रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै कानुन मन्त्री केसीले कुइरेपानी सर्रा दामोदर मार्गलाई कालोपत्रे गर्नका लागि १० करोड रुपैयाँ बिनियोजन गरेको समेत जानकारी दिए ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया