तुलसीपुर,
२९-असार / पुरन्धारा खानेपानी तथा सरसफाई संस्थाको अध्यक्षमा नेपाली काँग्रेस समर्थित हरिबहादुर वलीसहित प्यानल नै बिजयी भएका छन् । खानेपानीको नयाँ नेतृत्वका लागि शुक्रबार भएको मतदानबाट वली बिजयी प्रतिद्धन्दीलाई पछि पार्दै विजयी भएका हुन ।

 

 

नेपाली काँग्रेस र नेकपाका दुई प्यानल भएर नयाँ नेतृत्वका लागि निर्बाचन भएको थियो । निर्बाचनबाट नेपाली काँग्रेसको प्यानल सबै बिजयी भएको छ । वलीले ९७ मत ल्याउदा नेकपाका तर्फबाट उम्मेदवार बनेका कर्णबहादुर खत्रीले जम्मा ५४ मत मात्रै प्राप्त गरेको स्थानीय युवा झुपु क्षेत्रीले जानकारी दिए ।

निर्वाचनको परिनाम अनुसार उपाध्यक्षमा गोबद्र्धन खत्रीले १०३ मत ल्याएर बिजयी हुँदा पहलमान केसीले १०१ मत,बमबहादुर बोहराले ५२ मत र धिरेन्द्र केसीले जम्मा ४९ मत मात्रै प्राप्त गरेका थिए ।

त्यसैगरी कोषाध्यक्षमा सुबिना केसीले १०० मतका साथ विजयी हुँदा सुनिता वलीले ६५ मत प्राप्त गरेकी थिइन । सहसचिवमा चिन्तामणी पाण्डेले १०१ मत प्राप्त भएको थियो भने बिनीता केसीलाई ५४ मत मात्रै प्राप्त भएको थियो ।

यस्तै सदस्यहरुमा सम्झना घर्तीले १००, समिक्षा नेपालीले १०१, खुमा वलीले ९८ र जुनु पंगालीले १०३ मत ल्याएर बिजयी भए । खानेपानी समितिमा १६५ मतदाता रहेकोमा १६५ मत खसेको थियो । खसेका मतमध्ये ६ वटा मत बदर भएको निर्बाचन समितिका संयोजक लिलाधर खड्काले जानकारी दिए । बिजयी पदाधिकारी तथा सदस्यहरुलाई निर्बाचन समितिले शुक्रवार नै प्रमाण पत्र बितरण गरेको छ ।

प्रतिकृया

प्रतिकृया