तुलसीपुर
२२-साउन / राष्ट्रिय बाणिज्य बैंक तुलसीपुरले टोकन प्रणाली सुरु  भएको छ । यही शुक्रबार देखि बैंकले टोकन प्रणाली सुरु गरेको हो । टोकन प्रणाली सुरु भएपछि सेवाग्राहीलाई सेवा लिन सहज भएको छ ।

Ambikeshwori Auto Mart

 

सेवाग्राहीलाई घण्टौं लार्इंन लाग्ने समस्यालाई अन्त्य गर्न टोकन प्रणाली सुरु गरिएको बैंकका साहयक प्रबन्ध बिषेश्वर धित्तालले बताए ।‘यस अघि घण्टौ लाग्ने समस्या थियो’, उनले भने, ‘टोकन प्रणाली शुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।’

अहिले टोकन लिएर त्यही टोकनका आधारमा सेवा लिन सकिने उनले बताए । बिगतका दिनमा दिनभर लाईन लाग्नु पर्ने अबस्था भएपनि अब टोकन प्रणाली शुरु पछि टोकन नम्बरका आधारमा सेवा लिन सकिने बैंकका ग्राहाक पिमलाल खड्काले बताए । ‘बिगतमा घण्टौं लाईन लाग्नु पर्थ्यो उनले भने‘उनले भने‘ तर टोकन प्रणाली शुरु भएपछि सहज भएको छ ।’ पैसा डिपोजिट गर्ने र भुक्तानी गर्ने फाटमा बिगतमा लामो लाईन लागेको देख्न सकिन्थ्यो । तर टोकन प्रणाली शुरु भएपछि लाईन लागेको देखिदैनथ्यो, तर टोकन लिएर सेवा लिने गरेका थिए । यसले आफ्नो पालो अनुसार सेवा लिन सकिने भएपछि धेरै सहज भएको पिमलाल खड्काले बताए ।

बैंकले टोकन सेवा बारे जानकारी नभएकालाई बैंकका कर्मचारीले जानकारी दिने गरेका छन् । यसले बैंकको सेवा थप चुष्ट र दुरुस्त बनाउने गरेको बैंकका साहयक प्रबन्धक धितालले बताए । सेवाग्राहीलाई सेवा प्रदानका लागि सहज होस भनी देशभरका बाणिज्य बैंकमा टोकण प्रणाली शुरु गरेको छ ।

टोकन प्रणाली १० देखि ४ बजे सम्म शुरु हुन्छ ।‘बैंक खुल्ने समयमा टोकन प्रणाली शुरु हुन्छ’ उनले भने । ग्राहकले टोकन लिने । अनी बैंकले टोनक नम्बर अनुसार बैंकको फ्ल्यासबोर्टमा नम्बर देखिन्छ । सोही अनुसार टोनक लिएको ग्राहकले सेवा लिन सकिने धितालले बताए । ‘ग्रहाकले टोकन लिने ’ उनले भने, ‘टोकन लिईसकेपछि बैंकको फल्यासबोर्डमा नम्बर देखाउछ, सोही नम्बर अनुसार सेवाग्राहीले सेवा लिन सकिन्छ ।’ यसले गर्दा कसैको पालो मिचिने भन्ने समस्या नहुँने उनले बताए । टोकन लिएर बजारमा काम सकेर आफ्नो नम्बर आउने बेला बैंकमा पुगेर सेवा लिन पनि सकिने उनले बताए ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया