तुलसीपुर
१८ साउन / नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिजका गीतहरु बजारमा आइपुगेका छन । विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायक गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन् ।
पछिल्लो समय चर्चाको शिखरमा पुगेर विभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त बनेकी चर्चित गायिका तृप्ति खड्का गुरुङ तथा अर्का चर्चित गायक यम बिष्टको सुमधुर आवाज रहेको ‘माइती घर’ तिज गीत बजारमा आइपुगेको छ ।
ADVERTISEMENT
तीजकै अवसर पारेर चर्चित गायिका तृप्ती खड्का र यम बिष्टको स्वर रहेको ‘माइती घर’ तिज गीत बजारमा आइपुगेको छ ।पत्रकार धनराज बास्तविकको ‘माइती घर’ को सम्झना तिज गित सार्वजनिक भएको छ । सञ्चार क्षेत्रका साथै साहित्यिक जगतमा कलम चलाउँदै आएका पत्रकार धनराज वास्तविकको शब्द संगीत संगीत रहेको छ ।
बि.जी इन्टरटेनमेन्ट प्रालि को प्रस्तुती रहेको उक्त तिज गित ‘माइती घर’ मा गायिका तृप्ती खड्का र यम बिष्टको स्वर रहेको छ ।बाल्यकाल देखी सँगै हुर्केको सँगै खेलेको साथीहरु सँग छुट्नु पर्दाको ब्यदना र बिहे भएपछी आफुले भनेको बेलामा माइत गएर भेट्न न पाउँदाको पिडा सोही ‘माइती घर’ गितको शब्दमा उठान गरिएको छ ।
‘बर्षौं भयो बरिलै माइती घर न गाको’
साथी सँगी बरिलै भेट घाटै न भाको’
यस्ता शब्द उक्त गितमा समेटिएर मनमा भएको ब्यदना पोखिएको छ ।मोडल टिका जैसी, बिजय गुरुङ, रमेश कार्की र रेखा बस्नेतको अभिनय रहेको यस म्युजिक भिडियोलाई बि.जी इन्टरटेनमेन्ट प्रा.लिले बजारमा लिएर आएको छ ।