तुलसीपुर,
१८- साउन/ चलचित्र पत्रकार संघ दाङ शाखाले आउदो भदौ ४ गते मनाउन लागेको बार्षिक उत्सवको तयारी तिब्र पारिएको जानकारी दिएको छ ।

Ambikeshwori Auto Mart

संघले शुक्रवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष धुर्वराज न्यौपानेले दाङकै कलाकार अहिलेका चर्चीत नायक पल शाह,शान्ति प्रिय,कृष्ण काफ्ले लगाएतका कलाकारहरुलाइ ल्याउने तयारी गरेको बताए ।

उनले जिल्लाका कलाकारहरुको मनोवल बृद्धि गराउने र यस क्षेत्रलाइ कला नगरीको रुपमा चित्रण गर्ने उद्देश्यले उत्त कार्यक्रम गर्न लागेको समेत बताए । कार्यक्रमलाई सफल बनाउन सबैको सहकार्यको आवश्यक रहेको र सहयोगको अपेक्षा राखेको बताए ।

सो अवसरमा मल्टी मिडीया प्रा.लीका अध्यक्ष संगीत बस्याल,कलाकार सन्दीप भुसाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । उत्त कार्यक्रम भदै ४ गते विष्णु चलचित्र मन्दिरमा दिउसो १२ बजे देखि सुरु हुने छ ।

संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्तोष केसीले गरेका थिए ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया