तुलसीपुर
१६ भदौ/ 
अभिनेता गणेश बेल्वासे द्वारा निर्माण र निर्देशन रहेको फिल्म ‘प्रेमनाथ’ भदौ १८ गतेदेखि छायाँकनमा जान लागेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बेल्वासेले लुम्बिनीबाट छायाँकन शुरु गरिने बताएका छन ।

‘प्रेमनाथ’लाई आगामी चैतमा रिलिजको लक्ष्य राखिएको छ ।  भिन्दै प्रेम कथामा बन्न लागेको ‘प्रेमनाथ’का लागि छायाँकन हुने स्थानको खोजी भइसकेको बेल्वासेले बताए ।यसअघि ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरिसकेका बेल्वासेले  यो दोस्रो फिल्मलाई धेरै मेहनत गरेको बताएका छन । फिल्मका लागि उनले दाङमा छविराज ओझामार्फत वर्कशप समेत चलाएका थिए ।

काठमाडौंका साथै ‘प्रेमनाथ’लाई लुम्बिनी, दाङ, प्यूठान, कालिकोट, डोल्पा, मुगु, जुम्लासहितका जिल्लाहरूमा छायाँकन गरिनेछ । केही दृश्यहरू भारतमा छायाँकन गरिने बेल्वासले बताए । यो उनको डेब्यु निर्देशन फिल्म हो । ‘प्रेमनाथ’को कथा र पटकथा बेल्वासे आफैले लेखेका हुन् ।

पूर्वसांसद राजु खनाल, नेपाल पत्रकार महासंघको उपाध्यक्ष विपुल पोखरेल, कपिलप्रसाद दवा, बसन्तराज भट्ट, शशि थापा, कलाकार सुशील पोखरेललगायतले ‘प्रेमनाथ’ युनिटलाई सफलताका शुभकामना दिएका थिए ।

फिल्मको निर्माता गह्वेश्वरी बेल्वासे, कार्यकारी निर्माता कपिलप्रसाद दवा, सहनिर्माता बसन्तराज भट्टको रहेको छ । फिल्मको छायाँकन सुमन कार्की, द्वन्द्व भरत क्षेत्री रहनेछ ।निर शाह, मोहन निरौला, सुरवीर पण्डित, कमल गाउँले, मोनलिशा विष्ट, राज थापा, पूजा रिजाल, कीर्ति गौतम, राजकुमार सिटौला, रञ्जन पौडेल, गौरव भट्टको फिल्ममा अभिनय रहनेछ ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया