तुलसीपुर
९ असोज/ गायक गोविन्दमधुर आचार्यले नयाँ दशैको गीत बजारमा ल्याएका छन् । ‘दशैँ आयो, तिहारै आया’ बोलको गीत ल्याएका हुन् । उक्त गीत युट्युवमार्फत रिलिज गरिएको छ । जुन गीतको शब्द हिक्मत बुढाथोकीले लेखेका हुन् ।

जानुका खतिवडाको प्रस्तुति रहेको दशैँ गीतमा संगीत र एरेञ्जपनि गायक आचार्यले नै गरेका छन् । दशैँ र तिहार आउँदै गर्दा गायक आचार्य र खतिवडाले गीत ल्याएका हुन् ।

सबै प्रकारका गीत संगीतमा स्वर दिँदै आएका आचार्यले विदेशमा रहेका आफन्तको पीडालाई गीतमा झल्काएको बताएका छन् । प्रेमराज लामिछानेको निर्देशनमा बनेको म्युजिक भिडियोलाई दीपेन्द्र श्रेष्ठले सम्पादन गरेका छन् ।

प्रतिकृया

प्रतिकृया