तुलसीपुर
११ असोज/ दाङका युवा व्यवसायी सागर भण्डारी म्युजिक भिडियोमार्फत मोडलिङमा देखिएका छन् । ‘तिम्रो घरको आँगनीमा’ बोलको गीतमा उनले आफ्नो अभिनय गरेका छन् । पत्रकारिता, व्यवसाय हुँदै उनी मोडलिङमा छिरेका हुन् ।

त्यसो त उनका लागि संगीत क्षेत्र भने नौलो होइन । उनले यसअघि पाँच वटा गीति भिडियोमा आफ्नो आवाज दिइसकेका छन् ।बुधबार रिलिज भएको गीतमा सागरसँगै सम्पदा बानियाँ पनि मोडलिमा छिन् ।

रमेश गिरीको स्वर तथा संगीतमा रहेको गीति भिडियोको निर्देशन विशाल नेपालीले गरेका हुन् ।गीत सार्वजनिक भएको छोटो समयमै सबैमाझ लोकप्रिय बनिरहेको भण्डारी बताउछन ।यो गितको वजारमा व्यापक चर्चा समेत हुन थालेको छ । 

प्रतिकृया

प्रतिकृया