सन्तोष केसी, दाङ
१७ – मसिंर/ अभिनेता प्रशान्त ताम्राकार र सुशील सिटौला स्टारर चलचित्र ‘रणवीर’ को एक्सनयूक्त टिजर सार्वजनिक भएको छ । दुई अभिनेता विचको टसन टिजरमा देखाइएको छ ।

दुवैलाई एंग्री अवतारमा देख्न सकिन्छ । अघिल्ला चलचित्रको तुलनामा यसमा सुशीलको भूमिका फरक रहेको टिजरमा हेर्न सकिन्छ । उनले यो चलचित्रको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए ।

माघ १८ मा रिलिज हुने यो चलचित्रमा प्रशान्त यो खल पत्रको रोलमा छन । एक्सन जनराको चलचित्रलाइ गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन । य

समा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, पुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

 

प्रतिकृया

प्रतिकृया