तुलसीपुर
२८ माघ/ दाङकी चेली लोसिना लामिछानेलाई पछिल्नो समय वजारमा आउने हिट म्युजिक भिडियोहरुमा आफ्नो जादुमय प्रतिभा प्रस्तुत गर्न भ्याई नभ्याई भएको छ । एकाएक सानै उमेरमा आफुमा भएको जादुमय कलालाई नृत्यको माध्यमबाट दर्शकको मन जित्न सफल भएकी लोसिना पछिल्नो समय स्थापित कलाकारको रोजाईमा पर्न सफल छिन ।

१० बर्षको उमेर देखीनै बिभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रतिभा प्रश्तुत गरेर सवैको मन जित्न सफल लोसीनालाई उनको आर्कषक जिउडाल र कलात्मक अभिनयले नृत्य गर्दा झनै साथ दियो फल स्वरुप उनि एकाएक सवैको रोजाईमा पर्न सफल भईन ।

सानै उमेरमा सवैको मनमा बस्न सफल लोसिनालाई पारिवारीक सर्पोट पनि त्यत्तीकै मिल्यो विद्यालयका शिक्षक देखि साथिभाईले उनलाई थप हौसला प्रदान गरे, बिभिन्न पोप,आधुनिक तथा तिजका म्युजिक भिडियोहरुमा रुचाईएकी लोसिनालाई अन्य म्युजिक भिडियोमा निर्माता देखि स्थापित कलाकारहरुले स्थान दिए । उनि अध्यन संगै बिभिन्न भिडियोहरुमा आफ्नो अभिनय प्रश्तुत गर्न जमिरहेकी छिन ।

उनि भन्छिन नृत्य मेरो मन हो संगै अभिनय मेरो मुटु हो”। कला, अभिनय र अध्यनलाई संगै अगाडि बढाएकी लोसीनाको अभिनित गित यतिवेला वजारमा गायक तथा संगीतकार नेत्र भण्डारीको आवाज रहेको लोक पप गीत “ठुम्का”वोलको गित वजारमा आएको छ ।

मालती डिजिटल प्रा.लि. को प्रस्तुतिमा तिर्सना घर्ती मगरको लोक पप गीत “ठुम्का” युट्युबमा सार्बजनिक भएको छ ।  यस गीतमा लोकप्रिय गायक नेत्र भण्डारी र गायिका तिर्सना घर्ती मगरको स्वर र शब्द सन्ध्या के.सि को रहेको छ भने क्रान्ती के.सिले निर्देसन गरेका छन । जस्मा लोसिनाले जवरजस्त रुपमा आफ्नो अभिनय समेत प्रश्तुत गरेकी छिन । गीत सार्वजनिक भएको छोटो समयमै सबैमाझ लोकप्रिय बनिरहेको लामिछाने बताउछिन । यो गितको वजारमा व्यापक चर्चा समेत हुन थालेको छ । 

 

प्रतिकृया

प्रतिकृया