दाङ
२०-फागुन  /
नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) भुपेन्द्र बुढाथोकीले “हामी नेपाल प्रहरी” बोलको प्रहरी गीत बजारमा ल्याएका छन्। जनताको सेवक प्रहरीको सुखदुखका भाव समेटिएको उक्त गीतको म्युजिक भिडियो सोमबार युटुबमार्फत सार्वजनिक गरिएको छ।

जनताको सेवक नेपाल प्रहरीका दुखपीडाका कथाहरु गीतमार्फत व्यक्त गर्न खोजिएको गीतका लेखक बुढाथोकीले बताए।

गीतको म्युजिक भिडियोको निर्देशन रमेश बिक रसाईलीले गरेका छन् भने अभिनय भुपेन्द्र बुढाथोकीले गरेका छन्।

प्रतिकृया

प्रतिकृया