शिव पुन,दाङ
२८ फागुन/ कलाकार शिशिर राणाको डेब्यु निर्देशन रहेको फिल्म ‘तिमीसँग’ को अफिसियल ट्रेलर आइतबार सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु आकाश श्रेष्ठ ,साम्राज्ञी राज्य लक्ष्मी शाह,नाजिर हुसेन र निर्देशक राणा फिचरिङ भएका छन्। फिल्मको ट्रेलर हेर्दा लाग्छ फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ, जहाँ साम्राज्ञी आकाशको मायामा अनि फेरि नाजिर चाहिँ साम्राज्ञीको मायामा परेको देख्न सकिन्छ ।

पटक पटक रिलिज डेट फाइनल अनि फेरि पोस्ट्पोन्ड गर्दै आएको फिल्मले आफ्नो नयाँ रिलिज डेट आगामी चैत २३ लाई लक गरेको छ । फिल्ममा अहिलेकी नेपाली सिनेमा क्षेत्रकी हटकेक नायिका साम्राज्ञीराज्य शाह अनि मोडलिङ क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाइसकेका र पछिल्लो समय नेपाली सिनेमा क्षेत्रका कहलिएका निर्माता ,निर्देशकको पहिलो रोजाइ बन्दै गएका नायक आकाश श्रेष्ठको मुख्य भुमिका भएका कारण पनि फिल्मले व्यवसायिक सफलता पाउने धेरैले अनुमान काटिरहेका छन् ।

निर्देशक शिशिर कै कथा रहेको फिल्मको यसअघि दुईवटा गीत रिलिज भइसकेको छ ,सार्वजनिक दुई गीतले फिल्मको राम्रै हाइप बनाइरहेको बेला निर्माण टिमले रोमान्स, प्रेम, विछोड र एक्सनका दृश्यहरु समेटेएको फिल्मको ट्रेलर रिलिज गरेको हो। फिल्मको लोकेशन र छायांकन पाटो चाहिँ गजबको छ । विदेशबाटनेपाल घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा फिल्मले बोल्नेछ । फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा रहेको छ।

तिमीसँगु साम्राज्ञी अभिनीत तेस्रो र आकाश अभिनित दोस्रो फिल्म हो । साम्राज्ञी अभिनीत झमंगलमञ अहिले प्रदर्शन भइरहेको छ भने आकाश अहिले सुदर्शन थापा र पुजा शर्माको फिल्म झरामकहानीञ मा ब्यस्त छन् । फिल्म तिमीसँग मा संगीत राहुल मुखर्जी, दीपक पाठक र रिदम कंडेलको छ । काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा डिसिएनले फिल्मको वितरण जिम्मा लिएको छ ।

प्रतिकृया

प्रतिकृया