घोराही,
२४ –  असोज/ घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर बजारमा अम्बिकेश्वरी मनिट्रान्सफर आईएमई सञ्चालनमा आएको छ । बुधबार देखी सञ्चालनमा आएको आईएमईको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिवन काटेर उद्घाटन गरेका हुन ।

आईएमई सञ्चालक विनोद केसीको अध्यक्षता एवं नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको आईएमई मार्फत पैसा पठाउन र निकाल्न सकिने जानकारी दिईएको छ ।

आईएमईका राप्ती अञ्चल प्रतिनिधी मोहनप्रसाद बास्तोलाले आईएमईबाट पैसा पठाउन र पाउन मात्रै नभई अन्य सेवाहरु समेत प्रबाह गर्ने जानकारी दिए ।

आईएमई मार्फत डोमेष्टीक विमानको टिकट बुकिङ, विजुली बत्तिको महशुल बुझाउन सकिने, आफ्नो बैंक खातामा पैसा जम्मा गर्न सकिने, इन्सोरेन्स गर्न सकिने लगाएतका सेवाहरु प्रबाह गरिने सञ्चालक बिनोद केसीले जानकारी दिए ।  कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले बिस्तार हुदै गएको रामपुर बजारमा आईएमई सञ्चालन हुनुले नागरिकहरुलाई सहजता थपिएको बताए ।

सरकारी र निजी क्षेत्र मिलेर नै विकास सँगै नागरिकहरुको सेवा सुबिधामा सहजता ल्याउने उनले उल्लेख गरे । पैसा पठाउन र पाउनका लागि घोराही पुग्नु पर्ने बाध्यता हटेको भन्दै भन्दै नगर प्रमुख चौधरीले समय अनुसारको सेवालाई ध्यान दिन आग्रह गरे । कार्यक्रमको सहजीकरण प्रेम केसीले गरे ।

 

प्रतिकृया

प्रतिकृया