घोराही,
२८ – कार्तिक/ दाङका पत्रकार अमरराज आचार्यलाई पितृशोक परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ फुर्सेखाली निबासी पत्रकार आचार्यको बुवा मनिराम आचार्यको निधन भएको हो ।

गोरक्ष राष्ट्रिय दैनिक र कारोबार दैनिकमा कार्यरत पत्रकार आचार्यका बुवाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उहाँको आज कटुवाखोला स्थित शंखेपिपलघाटमा आज अन्त्येष्टि गरिएको छ ।

ADVERTISEMENT

  



दिवंगत आचार्यको पार्थिक शरीरमा नेपाली कांग्रेसले पार्टीको झण्डा ओडाएर श्रद्धान्जली समेत व्यक्त गरेको छ । अन्त्येष्टिमा नेता कार्यकर्ता, पत्रकार सहित बिभिन्न क्षेत्रका व्यक्तिहरु पुगेका थिए ।

यसैबिच पत्रकार आचार्यको बुवाको निधन प्रति विभिन्न सञ्चार संगठनहरुले दुःख व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ दाङ, नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले शोक बिज्ञप्ती जारी गर्दै जिल्लाका क्रियाशिल पत्रकार अमरराज आचार्यको बुवा मनिराम आचार्यको निधन प्रति दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धान्जली र शोकाकुल परिवारमा समबेदन प्रटक गरेका छन् ।

प्रतिकृया

प्रतिकृया