घोराही
८ माघ/ चलचित्र ‘द ब्रेकअप’को ट्रेलर रिलिज भएको छ ।

चलचित्र निर्माण युनिटले एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर रिलिज गरेको हो । हेमराज विसी निर्देशित चलचित्र ‘द ब्रेक अप’ लाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र हेमराज विसीले निर्माण गरेका हुन् ।

ADVERTISEMENT

  



विसी मोशन पिक्चर र ह्याप्पी प्लानेट फिल्मस् को ब्यानरमा चलचित्र निर्माण भएको हो । ६० प्रतिशत अष्ट्रेलियामा सुटिङ भएको भनिएको यस चलचित्र आगामी फाल्गुन १७ गते प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लगायतका अभिनय गरेका छन् । होस्टेल, जेरी, गाजलु जस्ता हिट चलचित्र दिएका निर्देशक विसीले यस चलचित्रबाट धेरै आशा गरेको बताएका छन् ।

प्रतिकृया

प्रतिकृया