भन्छन् –‘मैले स्वर्गिए बाबु प्रतिको कतव्र्य पुरा गरे’

 

दाङ,
२८ -फागुन/ उनले सुगम संगीतबाट संगीतयात्राको सुरुवात गरे ।‘मर्नलाई बाँच्यौँ तिमी’बोलको आधुनिक गीत २०७० मा उनको आवाजमा आउँदा सहजै लख काटियो ‘उनी आधुनिक गायक।’ तथापी संगितको एकै धारमा उनी अडिएनन् । संगीतको फरक फरक धारलाई पछ्याउँदै गायकी प्रस्तुत गरिरहेका देवेन्द्र बस्नेत आँफूले पछ्याएका धारमा फिट खाएपनि ।

आधुनिक गायन पछि ‘कान्छीको जवानीले,‘दिलवाली’ जस्ता पप प्याटर्नका गीतहरु बजारमा ल्याएका देवेन्द्र यिनै गीतबाटै स्टेज तताईरहेका छन् । दैलेख,सुर्खेत सम्मको उनको स्टेज संगीतयात्राका कारण यिनै पप प्याटर्नका गीतहरु हुन् । आधुनिक तथा पप प्याटर्नका गीतहरुमा आवाज दिएका देवेन्द्र अहिले अर्को फरक धारको संगीतीक ‘पाहुर’ लिएर संगीत बजारमा प्रस्तुत भएका छन् ।

लोकदोहोरी गीतको रिमेक सहित बजारमा आएका देवेन्द्र यो गीतमा झनै फीट सावित भएका छन् । उनको र माण्डवी त्रिपाठीको युगल स्वरमा आएको ‘चिल बस्यो टुपैमा,’ रिमेक लोकभाका आज चर्चाको गतिलो मसला बनिदिएको छ । यो गीतलाई प्राप्त प्रतिक्रियाले हौसिएका देवेन्द्र भन्छन् ‘यो गीतले झनै उत्साह थपिदिएको छ, धेरै स्रोताहरुबाट राम्रो रेस्पोन्स भइरहेको छ, म औधी खुसीछु ।’

त्यासोत, यो गीतबाट आँफू चर्चित हुने ख्वाब मात्रै देखेका छैनन् उनले । चिनो थमाईदिएर परलोक भएका बाबुको संगीत मोहलाई फेरी उजागर पारिदिएका छन् देवेन्द्रले । भन्छन् ‘बुवाको संगीत सिर्जनालाई पुर्नंजीवित बनाउनु म छोराको दायित्व थियो नै,त्यही दायित्व पुरा गर्न सकेकोमा म औधि खुसी छु।’

यो गीत देवेन्द्रका बुवा कृष्ण बस्नेतले २०६० अघि गाएका थिए । गायीका गीता देवीसंग गाईएको यो दोहोरी भाका कुनै बेला विवाह पूजाहरुमा निकै गाइन्थ्यो । यो गीतलाई गीति एल्बम र भिडियोसहित बजारमा ल्याउने प्रयासमै थिए कृष्ण । तर अफसोच, दैवको लिला, उनको सपना पुरा भएन, सपनासंगै उनी आँफै अस्ताए ।

देवेन्द्रले दिवंगत बुवाको गीतलाई बजारमा ल्याउनुलाई आफ्नो कर्तव्य ठाने र बुवाको सपना पुरागर्ने दृढ विश्वास सहित संकल्प गरेका थिए ‘चिल बस्यो टुपैमा’ फेरी उसैगरी गुन्जने छ ।’ नभन्दै एकजना कहलिएका पत्रकार समेत रहेका देवेन्द्रले बाबुले छोडेर गएको नासो यो गीतलाई पुनः गुञ्जायमान बनाईदिएका छन् । पुर्नंजीवन दिएका छन् ।

गीत र गायकीको मात्रै हैन, देवेन्द्र अहिले यसर्थ पनि यो गीतका कारण नजरमा परेका छन् ‘उनले बाबुको सिर्जनालाई सम्मान गरेर बाबुलाई पुनः गीत मार्फत जीवीत तुल्याए।’ गीत र गायकीको रेस्पोन्स राम्रो आईरहेको छ,’उनले भने ‘यति मात्रै हैन, धेरैजनाले बाबुको नासोलाई पुनः जीवित बनाईदिएको भनेर दिइएको धन्यवादले मन प्रफुल्ल भएको छ ।

’ यो गीतमा लय र शब्द कृष्णकै समावेस गरिएको छ भने गायकीमा देवेन्द्र र माण्डवी जमेका छन् । हाल अडियो मात्रै सार्वजनिक भएको यो गीतको भिडियो निकट भविस्यमै सार्वजनिक गर्ने तयारीमा देवेन्द्र छन् ।

एक दशक अघि देखि पत्रकारीतामा सक्रिय देवेन्द्र पत्रकारिता संगै संगीत यात्रामा पनि उसैगरी जमेका छन् । मेला महोत्सवमा उनी निकै व्यस्त बन्दै गएका छन् । उनी नागरिक दैनिक र दाङको रेडियो स्वर्गद्धारीमा कार्यरत छन् । सात वटा गीत बजारमा ल्याएका देवेन्द्र अन्य दुईवटा गीतको तयारीमा समेत छन् ।

 

प्रतिकृया

प्रतिकृया