२०७४:०५:२३ गते शुक्रवार
आश्विन कृण्णपक्ष तृतियाश्राद्ध उत्तराभाद्रपदा नक्षत्र
नेपालमा सूर्योदय ५ः४६ सूर्यास्त ६ः१५      

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) 
समय लाई चिनेर अगाडि बढनु होला । आशा बाढने बाट साबधानी रहनु होला । तपाईको प्रयास बाट कामहरु बन्नेछन । खर्चमा बृद्धि रहनेछ । सहयोग गर्नेहरु बाटै समस्या रहनेछ । प्रयासबाट कामहरु बन्नेछन  । सोच बिचार गरि काम थाल्नु होला । अवसरको लागि संघर्ष हुने देखिन्छ । 

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
कामको उचित मुल्यांकन नहुन सक्नेछ । आम्दानी र खर्च बराबर रहनेछ । सोचेको काम पनि समयमा नहुन सक्नेछ । शैक्षिक क्षेत्रमा मन खासै जाने छैन । अरुको लागि खर्च गर्नुपर्नेछ । लगानी अनुसारको प्रतिफल हुने छैन । बौद्धिक प्रतिस्पर्धामा सफलता रहनेछ । सामाजिक कार्यमा लाभ रहने छ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
काममा आशा देखाउने बाट धोका रहनेछ । भूमि,सवारी र पैतिक सम्पत्ति बाट कमै फाईदा रहनेछ । आर्थिक लाभ भन्दा सेवा मूलक कार्यमा समय वित्ने छ  । व्यापार व्यावसायमा फाईदा नै रहनेछ । अध्ययनमा खासै समय दिन नसकिएला । पारिवारिक सम्बन्ध कायम रहनेछ । नोकरी गरेका लाई ठिकै छ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
परोपकारी कार्यमा समय दिनु पर्नेछ । बाँकी रहेका कामहरु सम्पादन हुने देखिन्छ । नबिन कार्य तथा पद पाउने काम आउन सक्नेछ । प्रतिष्ठा कमाउने बेला छ । धेरैले तपाईको कुरा गर्नेछन । दैनिक कार्य ठिकै रहनेछन । घर परिवारमा नयाँ आशा पलाउने छ । यात्राको अवसर जुटने देखिन्छ ।

शिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
घरको काममा समय बढि बित्नेछ । शैक्षिक क्षेत्रमा अलमल रहनेछ । आर्थिक लेनदेनमा समस्या रहनेछ । आशा देखाउने बाट सावधानी रहनु होला । शरिरले साथ नदिन सक्नेछ । व्यावसायमा हल्का समस्या रहनेछ । सवारी साधन चलाउदा सावधानी रहनु होला । दीर्घकालीन कार्य गर्दा सावधानी रहनु होला ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्त तथा साथीहरुको साथ र सहयोग रहनेछ  । समय अनुसार अबसर प्राप्त मात्रामा आउनेछन । व्यावसायिक यात्रा रहनेछ । आयआर्जनको काम अगाडि बढाउन सकिनेछ । आर्थिक लाभका बाटाहरु खुला रहनेछन । घरायसि कार्यमा बाधा रहने समय रहेको छ । कार्यमा केहि ढिला रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आर्थिक कारोबारोमा सावधानी अपनाउनु होला । अनाबश्यक दौडधुप रहनेछ । आफनो काम सफल बनाउन योजना गोप्य राखेर अगाडि बढनु होला । अरुले काम बिगा्रने तर आफुलाई दोष आउन सक्नेछ । आर्थिक क्षेत्रमा सजग रहनु होला । पेशा व्यवसायमा केहि समस्या आउनेछन । बिवादमा नफस्नु होला ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
समय अनुसार अगाडि बढने प्रयास गर्नुहोला । प्रतिस्पर्धा तथा पुरुषार्थ बाट अगाडि बढनु होला । अग्रज व्यक्तिको सहयोग बाट काममा केहि सफलता रहनेछ । साथी संगत र खानपिनमा बिशेष ख्याल गर्नुहोला । साथीहरु सग तार्किक कुराकानी हुनेछ । सन्तान पक्ष बाट साथ र सहयोग रहनेछ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आफन्तजन सँग भेटघाट हुनेछ । बाँकि रहेका कामहरु बिस्तारै सम्पादन हुनेछन । घरका कामहरु बिस्तारै सम्पन्न हुनेछन । पैतिक सम्पत्तिको प्रयोगले केहि लाभ हुनेछ । जग्गा,पशुधन बाट बिस्तारै फाईदा रहनेछ । मनोरन्जन तथा खेलमा सफलता रहनेछ । तपाईको जिद्धिपन रहने देखिन्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
व्यापार व्यावसायमा  ठिकै रहला । साथ दिनेहरुबाट समस्या आउन सक्छ । कमाएको धन खर्च गर्नेबेला आउनेछ । पहिलाको कामले समस्या उत्पन्न  हुनेछ । प्रेमिप्रेमिका तथा दाम्पत्य जीवनमा समस्या आउन सक्नेछ । रोकिएका कार्यहरु शुरु गर्ने समय छ । नयाँ कामको थालनी हुने देखिन्छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
बोलिले धेरै लाई आर्कषण गर्नेछ । बिगतको काम बाट आज लाभ लिने बेला भएको छ । रोकिएका कामहरु बन्नेछन । पठन पाठन क्षेत्रमा सफलता रहनेछ । बिशेष सभा समारोहमा सहभागि हुने अबसर आउने छ । गरी रहेको कार्यमा चित्त नबुझने देखिन्छ ।  नयाँ कार्यमा हात हाल्ने समय देखिन्छ ।

मीन(दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
नयाँ कामहरु सुरु गर्नेबेला रहेको छ । मिष्ठान भोजनको आनन्द लिन पाईनेछ । विगतको कमी कमजोरी लाई सुधार गर्न सकिन्छ  । आर्थिक लाभ युक्त समय रहनेछ । सल्लाह सुझाव दिनेहरु प्रशस्त्र भेटिनेछन । पारिवारीक गतिबिधि अगाडि बढने छ । मनमा केहि दुईमत होला । मनोरन्जमय समय छ ।

ज्योतिष सञ्चार परामर्श केन्द्र
तुलसीपुर ‘ग’ लाइन दाङ
मो.नं. ९८४७८४४०९५,९८०९५६०५५७

प्रतिकृया

प्रतिकृया