दिपक बोहरा,तुलसीपुर 
दाङ तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी निबासी बिष्णु चौधरी लामो समय देखि बिद्यार्थी राजनीतिमा सक्रिय नेता हुन् । उनी भखरै अखिल क्रान्तिकारीको केन्द्रीय स्वायंसेवक सचिब भएका छन् । साथै उनले बिजौरीमा अभिभावक बिहिन बालबालिकालाई शाहारा दिन असहाय बाल बिकास नेपाल सञ्चालनमा ल्याएका छन् । तीनै चौधरीसंग हामीले कुराकानी गरेका छौं ।


दाङको बिजौरीमा असाहाय विकास नेपाल स्थापना गर्नु भएको छ , यसको मूख्य काम के हो ?
समाजमा रहेका विभिन्न खाले विष्मताहरुलाई महसुस गरी सामाजिक अभियानका रुपमा रुपमा हामी असाहय वालविकास निकास नेपाल नामक संस्था दर्ता गरी वुवा आमाको न्यानो काख , माया , प्रेम स्नेह के हो भन्ने कुरा पनि महसुस गर्नवाट वञ्चित रहेका अभिवावक विहिन वालवालिकाहरुलाई संरक्षण र उनीहरुको गास, वास, कपास ,शिक्षा, स्वास्थ्यको पूर्णरुपमा जिम्मेवारी वहन गर्दै उनीहरुको भविष्य निमार्णमा लागेका छौ । अहिले हामीसंग २० जना शाहारा बिहिन बालबालिकाहरु बस्दै आएका छन् । उनीहरुको हेरचाह देखि शिक्षा दिक्षासम्म सबै हामीले ब्यहोर्दै आएका छौं ।

असाहाय बालबालिकालाई शाहारा दिने कार्य कतिको चुनौती छ ?
साहारा विहिन हुन पुगेका भविष्यका कर्णधारहरुलाई आफुले साहारा दिई अभिभावकत्व वहन गर्न पाउँदा एउटा नागरीकको कर्तव्य निर्वाहा गरेको अनुभूति भएको छ । यो कुरा कति चुनौतीपुर्ण छ भन्ने कुराको मापन गरिएको छैन् । अधिक चुनौतीपूर्णकाम हो । किनभने शाहारा विहिन वच्चावच्चीलाई पहिलो कुरा उनीहरुलाई संस्कार सिकाउन समस्या हुन्छ । एउटा संस्कारमा हुर्केका बालबालिकालाई अर्कै संस्कारमा परिणत गर्न गाह्रो हुन्छ ।

त्यसपछि त्यही अनुसारको वातावरण शिर्जन गर्नुपर्छ । उनीहरुलाई शिक्षा दिनु प¥यो, विरामी हुँदा स्वास्थ्य उपचारका कुरा छन्, उनीहरुको भविष्य उज्जवल वनाउनु छ यति धेरै चुनौतीका शिखरहरु अगाडी आउँछन ती सबै चुनौतीका वावजुत अगाडी वढनु छ । आफ्ना छोराछोरीलाई हुर्काउन्, शिक्षा दिन र सक्षम वनाउन मुस्किल छ । यहाँ झनै फरक फरक ठाउँ, फरक फरक परिवेशवाट आएका अझ भनौँ अभिवाक बिहिन वालवालिकालाई एउटा दक्ष र सुक्षम वनाउन कति चुनौती छ । तपाई हामी सबैलाई अवगत छ र महसुस पनि गर्न सक्छौ ।

सरकारले गर्नै नसकेको कार्यलाई सुरुवात गर्नु भएको छ , यसलाई दिगो बनाउँने योजना के छ ?
कुनै पनि आधारभूत कुराहरु पुरा गर्न राज्यको दायित्व भित्र पर्छन्, तर राज्य छ कि छैन भन्ने कुराको अनुभुती गरिब र दिन दुुःखीहरुले गर्न पाएका छन् जस्तो मलाई लागेको छैन । न हिजो त्यो अनुभुती भयो न आज अनुभुती गरेका छन् । राज्य सबैको हो , भन्ने अपनत्व वोध भएको छैन् । यहाँ त तस्कार, दलाली,चाकडीवाज र राज्यका अंगमा बसेर मोज मस्ती गर्नेहरु र उनीहरुको परिवार वाहेक अरु कसैले राज्य मेरो भन्ने आत्म बोध गर्न पाएको देखिएको छैन् ।

गास, वास, कपास ,शिक्षा,स्वास्थ्य ,रोजजारी यी सबै कुरा राज्यका दायीत्व भित्र पर्छन । तर यसका लागी हाम्रो देशका अधिकांस युवा विदेशिने , विदेशको रेमिटान्सबाट धनीको देशले विदेशीएका नेपालीको कतै वाकसमा लाश आउँने, कतै पैशा कमाउँने आशमा घरपरिवार विहिन हुने र विचमा अवोध वालवालिकाहरु अभिवावक गुमाउनु पर्ने अवस्थाले पिरोलिएको मेरो देश साच्चिकै पिडा अभिवावकको जन्जिरलाई पञ्छाउन अव पनि राज्यले कुनै किसिमका पहल थालेन राज्य प्रति गरिब, अभिवावक विहिन वालवालिकाको दृष्टीकोण कस्तो बन्ला यो सोँचनीय कुरा छ ।

हामीले शुरुवात गरेपछि राज्यलाई अलिकति पनि लज्जावोध भई आफै सुरुवात गर्नु पर्ने कुरा हो तर त्यो अहिले सम्म देखिदैन हामीले गरेको यो कामले दिगो रुपमा विकास गर्नका लागी सबै क्षेत्रका दक्ष, विज्ञहरुको मजवुत टिम बनाउँदै छु । यो टिमले देश भित्रका आपतकालीन सबै खाले समस्याहरुलाई निराकरण गर्न आवश्यक सहयोग गर्ने गरी वनाउँदै छौ ।

जस्ले प्राविधिक दक्षहरुको लागि इञ्जिनियर ३० जनाको, त्यसैले शिक्षा बिज्ञहरुको १५ जना , स्वास्थ्यको लागि १५ जना , खेलकूद टिम राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलेका ३० जना , सञ्चार टिममा १५ जना पत्रकारहरुको टिम , कलाकारहरुको ३० जनाको टिम, विदेशी विभाग विदेशमा रहनु भएका साथिहरुको टिम र यी सबै टिमलाई एकतावद्ध गरी व्यवस्थापन टिम ११ जनाको वनाउने सोँच वनाएका छौ । यो टिममा आवद्ध हुन देशका सबै युवावर्गमा हार्दिक अपिल पनि गर्न चाहन्छु । हामीले असाहय बालबिकास नेपाल बिजौरीलाई अगाडि बढाउने यस्ता थुप्रै योजना बनाएका छौं ।

सरकारी तथा गैर सरकारी निकायले कतिको सहयोग गर्ने गरेका छन्?
आजसम्म कुनै पनि निकायबाट सहयोग उपलव्ध भएको छैन । वरु व्यक्तिगत जन्मदिन, विवाहको वार्षिक उत्सव मनाउनका लागि आउँने गर्नु भएको छ , त्यसैले पनि अलिकति सहयोगको अनुभूति भएको छ । उद्योग वाणिज्य संघ तुलसीपुरमा रहेको ग्रुपहरुले सहयोग गर्नु हुन्छ ।

त्यस्तै दाङ फेमिना ग्रुप, आज अरुका लागीलगायतका संस्थाहरुले गरेका सहयोगहरुले केही सहजता ल्याएको छ । अहिले स्थानीय सरकारका प्रमुखज्यूहरुले सहयोग गर्ने वचन दिनुभएको छ । आशा गरौं ।

मासिक कति खर्च आउँछ, संस्था सञ्चालनका लागि ?
खर्चका कुरा गर्दा ७०÷७५ हजार जति पुग्छ । हामी अहिले भाडाको घरमा छौं । आगामी बर्ष सम्म आफ्नै भवन निर्माण गर्ने गरि अगाडि बढिरहेका छौं ।

विद्यार्थी राजनीति र सामाजिक काममा सक्रिय हुनुहुन्छ, दुबैलाई एकैसाथ अगाडि बढाउन सकिएला ?
हो म २०५९ साल देखि विद्यार्थीको इकाई अध्यक्षबाट आजसम्म विद्यार्थी राजनीतिमा सक्रिय भई विद्यार्थीको हक अधिकारका निमित्त आन्दोलनको मोर्चामा मै छु । हिजो एउटा समय थियो गरिब, दुःखी खानलाउनबाट बञ्चित नेपाली जनताका छोछोरीलाई निःशुल्क शिक्षा, समान शिक्षाका विषयमा बोल्दै आन्दोलनमा आउँन आग्रह गर्दै विगुल फुक्दै हिजो हिडाइयो, हिडियो व्यवस्था परिवर्तन भयो यो व्यवस्था परिवर्तन गर्दै गर्दा हजारौ सहिद, वेपत्ता,अपाङग भए ।

ति सहिदका छोराछोरी , अपाङगका छोराछोरी ,वेपत्ताका छोराछोरीहरुले आज समान शिक्षा पाएकी, पाएनन् ? यो कुरा न हिजो आन्दोलनको विगुल फुक्दै आह्वान गर्नेलाई थाहा छ । न आज व्यवस्था वदलिएर अवस्था वद्लिएकाहरुलाई नै थाहा छ । त्यसैले आज नेपाली विद्यार्थी आन्दोलन सिथिल भएको आभास भएको छ । हिजो जुन सपना देखाएर आज यहाँसम्म आईपुग्दा आफुले बोलेका कुरा व्यवाहरमा लागु गर्नकै लागि असाहय वाल विकास नेपाल नामक सामाजिक सस्था खोली हिजो बाडेका सपना पुरा गर्दै छु जस्तो लाग्छ ।

राजनीती पनि समाज सेवा नै हो । राजनीति गर्ने व्ययक्ति ब्यक्तिगत स्वार्थी भन्दा पनि सामाजिक दायित्वप्रति वढि तल्लिन नै हुन्छन् र हुन जरुरी पनि छ । समाजमा एउटा यस्ता खालका प्रवृत्ती भएका मान्छे छन् की १०—५ सरकारी जागीर खाने या व्यावसाय गर्ने र साँझ विहान चिया पसलमा राजनीतिक र सामाजीक काम गर्नेहरु प्रति नकारात्मक कुरा काटेर वस्ने जमात नै यस समाजका उडुस जस्तै लाग्छ ।

उनीहरुलाई न राजनीति, न समाज सेवा केही थाहा हुँदैन्, मात्र थाहा हुन्छ पैशा कसरी वचाउँने । अव सबै परिबर्तन हुन जरुरी छ । राजनीति र समाज सेवा एकै सिक्काका दुई पाटो हुन यो सबैले अनिवार्य रुपमा लागु गर्नु पर्छ ।

अखिल क्रानितकारीको केन्द्रीय स्वयंसेवक सचिब हुनुहुन्छ, विद्यार्थी आन्दोलनलाई कसरी अगाडि बढाउनु हुन्छ ?
अखिल क्रान्तिकारी गौरवले भरिएको आश लाग्दो, भर लाग्दो र डर लाग्दो संगठन हो । त्यसैले यो संगठन सबै विद्यार्थीहरुको आशाको केन्द्र वनाउन निजि विद्यालय भन्दापनि सामुदायीक विद्यालयहरुको स्तरवृद्धीका लागी हरेक पहल गरिन्छ । र आवश्यक पर्दा आन्दोलनको आधिबेहरी शिर्जन गरिन्छ । यही सँगठन सबै विद्यार्थी र अभिवावकहरुको भरलाग्दो संगठन भएकाले जुन विश्वास छ यो विश्वास र भरमा आघात हुन नदिनका लागि लागी शिक्षामा जुन खालको व्यथिती छ ।

यसको अन्त्यका लागी धेरै धन्दा धेरै सामुदायीक विद्यालयको शैक्षिक सुधार नै मुख्य एजेन्डा बनेको छ । यो संगठन डरलाग्दो संगठन पनि हो त्यसैले शिक्षामा भएका बिकृति , बिसंगति, भ्रष्टचारीहरुलाई निमट्यान्न बनाउन विशेष खालको अभियान थालिने छ । जुन अभियानमा सरकारी तलव खाने र निजी विद्यालयमा गएर पढाउँनेहरुका लागि लक्षित हुनेछ ।

विकृती र भ्रष्टचारीहरुका लागि डर लाग्दो सावित भै अवको शैक्षिक आन्दोलन सामुदायीक विद्यालयको स्तर गर्न तर्फ लैजान आबश्यक छ । भनिन्छ धनि मान्छेहरुको कुरा काटेर बस्दा, गरीव कहिल्लयै धनी हुदैन तर धनी मान्छे कसरी धनी भयो भन्ने कुराको अनुसन्धान गरी अनुकरण गर्दा धनी वन्न सकिन्छ । त्यस्तै निजीको विरोध गरेर मात्र हँुदैन सामुदायीक विद्यालयहरुको शिक्षण विधि अवलम्बन गर्नु प¥यो ।

विद्यार्थी आन्दोलनले सार्थकता पाउँन सकेन भन्ने छ नी ?
विद्यार्थी आन्दोलनले सार्थकता पाउँन सकेन भन्ने जुन भनाई र आम वुझई छ । भने जस्तै त होईन तर विद्यार्थी आन्दोलनमा केही विचलन चाहीँ आएकै छ । हिजोका आन्दोलन राणाका विरुद्ध थिए , राजाका विरुद्ध थिए र सार्थक भएको रुपमा देख्न पाइयो । देशका ठुला ठुला परिवर्तन विद्यार्थीले अगुवाई गरेका गर्बिलो इतिहास छ । आज विद्यार्थी आन्दोलन निजीका विरुद्ध जस्तो देखिन्छ हिजो राजनैतीक नेताहरुको लगानी एकदमै न्यून अवस्था थियो ।

अहिले नेताहरुको लगानी मात्रामा छ । त्यसैले पनि वद्यिार्थी आन्दोलन अलिकति भएपनि विचलन भएको जस्तो देखिएको छ र अर्को कारण छ,विद्यार्थीको हरेक महाधिवेशनमा निजिबाट चन्दा लिने र महाधिवेशनबाट निजीका विरुद्ध आन्दोलन घोषणा गर्दै नैतिक रुपमा कमजोर भई गरिएको आन्दोलन स्वभाविक रुपमा स्खलित नै हुन्छ । त्यसैले अवको आन्दोलन निजी बिरुद्धमा होईन्, सामुदायीक शिक्षण सस्थाको स्तर वृद्धमा गरिनु पर्छ तव मात्र नेपाली विद्यार्थी आन्दोलनले सार्थकता पाउँछ भन्ने लाग्छ ।
अब आन्दोलनको स्वरुप परिबर्तन गर्नुपर्ने हो ?
आन्दोलनको शैली परिवर्तन नर्गने हो भने आज विद्यार्थी आन्दोलन सार्थकता हुने कुरा सम्भव देखिदैन किनभने आज विद्यार्थी आन्दोलन सार्थकता हुने कुरा सम्भव देखिदैन । किनकी हिजो आन्दोलन व्यवस्था परिवर्तन लागी थियो र सम्भव थियो । फेरी पनि उही शैली, अवस्था परिबर्तन गर्न सकिदैन त्यसैले अवको आन्दोलनको शैली , प्रवृती परिवर्तन अनिवार्य नै छ ।

हिजो निजि विद्यालय नेताका थिएनन् , आज भरीभराउ छन् । त्यसैले हामिले देखेको सपना समान शिक्षा नै हो । हामी समान शिक्षा दिन किन नसक्ने ? हामी सँग प्रयाप्त मात्रामा जमिन छन् , चाहिएजती दक्ष शिक्षक छन । अनि कहाँ हामी चुकी रहेका छौ । अनुसन्धान गरौँ र शिक्षामा स्तर वृदी गरौँ होईन भने आन्दोलनका नामका जतीसुकै कदम चाल्दा पनि सम्भव र सार्थकता पाउँन सकिदैन ।

अन्तमा के भन्नुहुन्छ ?
सबैको साथ र सहयोगले नै असहाय बाल बिकास सस्था आगाडी बढ्ने हो ।असहाय बाल बिकास सस्थालाई सबैले मन देखी सहयोग गरिदिन सबैलाई अनुरोध गर्दछु । अन्तमा केहि कुरा राख्न दिनुभएकोमा यहाँलाई र यहाँको लोकप्रिय मिडिया तुुलसीपुरअनलाईन लाई धन्यवाद दिन चाहान्छु । 

 

प्रतिकृया

प्रतिकृया