ओमप्रकाश गुप्ता, भालुवाङ
२१-साउन / राप्ती गाउँपालिकामा नमुना विद्यालय छनौटमा परेका २ विद्याालयको अनुगमन गरिएको छ । अनुगमन टोलीले वडा नम्बर ४ मा रहेको माध्यमिक विद्यालय मौरीघाट रवडा नम्बर ८ मा रहेको शंकर माध्यामिक विद्यालय पिपरीको स्थलगत अनुगमन गरिएको हो ।

Ambikeshwori Auto Mart

 

अनुगमन टोलीले विद्यालयको भौतिक, शैक्षिक,विद्यार्थी मैत्रीको अवस्था, सरसफाई, शिक्षक, विद्यार्थीको उपस्थिती लगायतका विषयमा अनुगमन गरिएको छ । साथै नमुना विद्यालयले अवलम्वन गर्नुपर्ने मापडण्डका विषयमा समेत सम्वन्धित विद्यालयका प्रधानाध्यापक सीता रिजाल तथा रामकुमार चौधरी संग छलफल तथा सोधपुछ समेत गरिएको थियो ।

गाउँपालिकाले सात विद्यालयलाई नमुना विद्यालय बनाउने प्रक्रिया बढिरहेको अवस्थामा गाउँपालिका क्षेत्र भित्र रहेका विद्यालयको अवस्था सुधार गर्ने कार्यलाई जोड दिन यस्तो अनुगमन गरिएको हो ।

अनुगमनमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, शिक्षा पे्रमी हरि भुसाल र गाउँपालिकाका संञ्चार संयोजक तिर्थराज ज्ञवालीको समेत सहभागीता रहेको थियो ।

 

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया