तिर्थराज ज्ञवाली, मसुरीया
२५ – साउन/ राप्ती गाउँपालिका स्तरीय वन उपभोक्ता महासंघले चौथो सामुदायिक वन दिवश लालमटियामा अन्तरक्रिया गरेर मनाएको छ ।  बन संरक्षण, आई परेका समस्या तथा समाधानको विषयमा अन्तरक्रिया गरिएको हो।

राप्ती गाउँपालिका क्षेत्र भित्रका १५ सामुदायिक वन समुहको प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा राप्ती गाउँपालिका क्षेत्रका वन जंगल संरक्षणका लागि संरक्षण, आईपरेका समस्या तथा समाधानका विषयमा सबै वन समुहहरु मिलेर जानुपर्नेमा जोड दिईएको छ ।

राप्ती गाउँपालिका स्तरय वन उपभोक्ता महासंघका अध्यक्ष हरि भुसालको अध्यक्षता राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यता, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ठ अथित्यमा सम्पन्न कार्यक्रममा वनको क्षेत्रमा भएगरेका समस्या, चुनौति तथा वन संरक्षणका क्रममा वन्यजन्तु वाट नागरिकको वाली नालीमा भएको क्षतिमा राज्यले क्षतिपुर्ति दिनुपर्नेमा वन समुहका पदाधिकारीले आग्रह गरेका छन ।

 

K&K

Urban

Manokamana Auto

 

प्रतिकृया

प्रतिकृया