बुटवल
१५ साउन / प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रीहरुको तलब सुविधा तोकिएको छ। मन्त्रीहरुका साथै प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी विधेयक सोमबारको संसद् बैठकले पारित गरेसँगै तलब खाने बाटो खुलेको हो। विधेयकअनुसार मुख्यमन्त्रीले ६० हजार ९ सय ७०, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार मासिक पारिश्रमिक निर्धारण भएको छ।

Ambikeshwori Auto Mart

प्रदेश सभाका सभामुखले ५३ हजार, उपसभामुखले ५० हजार, विपक्षी दलका नेताले ५० हजार, प्रदेश सभाका सबै दलका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सचेतकले ४८ हजार र सदस्यले ४५ हजार रुपैयाँ प्रतिमहिना पारिश्रमिक पाउनेछन्। मासिक भत्ताबाहेक प्रदेश सभाको बैठकवापत् प्रतिदिन १ हजार रुपैयाँ पाउनेछन्। सभामुखदेखि प्रदेश सभा सदस्यले एक–एक जना स्वकीय सचिव राख्न पाउने भएका छन्।

आवासतर्फ राज्यमन्त्री र सहायक मन्त्रीले फर्निचरवापत् ५० हजार रुपैयाँ पाउने भएका छन् । मुख्यमन्त्रीका लागि उपसचिव सरहको सेवा सुविधा हुने गरी स्वकीय सचिव १ जना, अधिकृत २ जना र एक जना प्रेस संयोजकको व्यवस्था गरिएको छ। मन्त्रीले अधिकृत सरह सेवा सुविधा हुने गरी १ जना स्वकीय सचिव र १ जना कम्प्युटर अपरेटर राख्न पाउने भएका छन्।

संसोधनपछि पारित भएको विधेयक अनुसार मुख्यमन्त्री र मन्त्रीहरुले चाडपर्ववापत् पाउने १ महिनाको तलब सुविधा भने रोकिएको छ। सरकारले यसअघि १३ महिनाको तलब सुविधासहितको विधेयक संसद्मा दर्ता गरेको थियो।  विधेयक अनुसार मुख्यमन्त्री र मन्त्रीहरुले चाडपर्ववापत् पाउने १ महिनाको तलब सुविधा भने रोकिएको छ। सरकारले यसअघि १३ महिनाको तलब सुविधासहितको विधेयक संसद्मा दर्ता गरेको थियो।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

 

प्रतिकृया

प्रतिकृया