सल्यान,
१७ – साउन / आज त आउँछ की भनेर आँगनबाट पारि बाटो सम्म हेर्यो । तर साँझ झमक्क पर्छ आउँदैन । १० वर्ष भयो यसरि सल्यान सल्लीबजारका ६४ वर्षिय वर्षिय बुवा चन्द्र बुढा र ६० वर्षिय आमा टिका बुढाले आफ्नो हराइरहेको छोरोलाइ कुर्न लागेको । तर कुर्दा कुर्दा र बाटो हेर्दा हेर्दा आँखा थाकिसके ।

Ambikeshwori Auto Mart

२४ वर्षको उमेरमा यी बृद्धबृद्धाको जेठो छोरा धर्मे बुढा वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर एक साविकको देवस्थल गाविस वडा नम्बर सात सल्लीबजार स्थीत आफ्नै घरबाट विक्रम संवत् २०६४ साल मंशिरको महिना निस्कीएका थिए ।

तर १० वर्षसम्म पनि छोरो घर फर्केर नआएपछि चिन्ताको पोखरीमा डुबेका यी बृद्ध बाबुआमाले हराइरहेको छोरो खोजिदिन सबैमा अनुरोध गरेका छन् । घरबाट निस्कीएको पाँच दिनपछि नेपालगञ्जमा चिनेका केही व्यक्तिले देखेको र घर जाँउ भन्दा इन्डिया (भारत) जान्छु भनी साथीहरुलाई भनेको तर हालसम्म घर नआएको बुवा चन्द्रले बताए ।

‘घरमा कुनैलाई पनि केही खबरै नगरी राती निस्कीएर गएछ हामीलाई थाहा नै भएन,’ उनले भने, ‘गाउँघरतिर गएको होला एक दुई दिना फर्किलाल्छ भनेर खासै वास्ता गरिएन । पाँच दिन पछि गाउँबाट नेपालगन्ज घुम्न गएका मान्छेले नेपागलञ्ज देखेको र घर जाँउ भन्दा भारत जान्छु भनेको सुनियो ।’

भारत गयो या गएन त्यो पनि थाहा नभएको र अहिलेसम्म छोरो घर फर्किएर नआएको उनले बताए । धर्मेकी आमा टिकाले आफुहरु डाँडामाथीको जुन भइसकदा सम्म पनि छोरो नआउँदा पिडाले छाति भरिएको बतइन् । उनले भनिन्, ‘कुर्दा कुर्दा १० वर्ष भयो । छोरोको अनुहार एक झल्को भएपनि देख्ने मन छ । मेरो छोरोलाइ जसरि भएपनि खोजेर ल्याइदेउ ।’

अहिले बुद्ध बाउआमा चिन्तामै दिन कटाइरहेका छन् । उनका माइला र कान्छा छोराहरू बिबाह गरेर छुटा भइ सकेको र आफू संग भएको जेठो छोरा नै बेपत्ता भए पछि एकलो महसुस त भएको छ नै । छोराको अवस्था नै थाहा नहुँदा चिन्ताले पिरोलिरहेको छ । हामीले छोरालाई धेरै खोज्यौं । छरछिमेक इष्टमित्र सबैलाई खोज्न लगाइयो ।

तर छोरा अहिले सम्म पनि घर फर्कि आएन, बुवा चन्द्रले भने । आफ्नो छोरा खोजी दिन र फेला पार्नेलाई पुरस्कार पनि दिने उनले बताए । चन्द्रको परिवारले फेला पार्नु हुने जो कोहिले पनि मोवाइल नम्बर ९८०४५–९६–९१३ मा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया