तुलसीपुर,
२३-साउन  / त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको शैक्षिक सत्र २०७४ को विएस्सी चौथो वर्षको नतिजामा ज्ञानदीप कलेज तुलसीपुरले शतप्रतिशत नतिजा ल्याएको छ ।

कलेजबाट परीक्षामा सामेल भएका ३४ जना विद्यार्थीहरुमध्ये उत्कृष्ट अंकका साथमा सबै विद्यार्थी उत्तिर्ण भएको कलेज प्रमुख सुरेन्द्र जिसीले वताए । “हाम्रा सबै विद्यार्थीहरु उत्कृष्ट अंकका साथमा उत्तिर्ण भएका छन् ” जिसीले भने । कलेज प्रमुख जिसीले मोफसलबाट विज्ञान संकायमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल ज्ञानदीप नै पहिलो कलेज भएको समेत दावी गरे । दाङ जिल्लामा विज्ञान कलेजका रुपमा पहिलो पटक निजी स्तरबाट सञ्चालनमा आएको कलेजले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै आएको पनि क्याम्पस प्रमुख जिसीले वताए ।

“हामीले निरन्तर मेहेनत गरिरहेका छौ, यसैकारण नतिजा उत्कृष्ट आएको हो ” सहायक कलेज प्रमुख मनोज कुमार केसीले वताए । केसीका अनुसार कलेजको दोस्रो व्याचमै शतप्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएका हुन् ।


यसै गरी कलेज प्रमुख सुरेन्द्र जिसीका अनुसार कलेजकी छात्रा शिला पोख्रेलले ३ सय ४२ अर्थात ६८. ४ प्रतिशत अंक ल्याएर जिल्ला उत्कृष्ट समेत भएकी छिन् ।

“जिल्लामा यति धेरै प्रतिशत ल्याउने कोही नभएकाले हामीले जिल्ला पनि उत्कृष्ट गरेका हौ ” कलेज प्रमुख जिसीले भने । कलेजले स्थापनाकाल देखि नै जिल्लामा उत्कृष्ट नतिजाल ल्याउँदै आएको छ । २०६८ सालमा स्थापना भएको कलेजमा आमसञ्चार तथा पत्रकारिता, विविएस र विएस्सी अध्यापन हुँदै आएको कलेजले जनाएको छ ।

 

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया