देवराज,कडेँल,तुलसीपुर
२७ साउन/ 
अन्तराष्ट्रिय युवा दिवसका अवसरमा घोराहीको भिक्टोरिया कलेजका बिद्यार्थीहरुले रक्तादान गरेका छन् । रोट्रयाक्ट क्लब अफ दाङको आयोजनामा आईतबार परेको दिवसका अवसरमा बिद्यालयमा अध्ययनरत ४० जना बिद्यार्थीहरुले रक्तादान गरेका हुन् ।

रक्तदान नै जीवन दान भएको भन्दै उनीहरुले रक्तदान गरेका हुन् । राट्रयाक्ट क्लब अफ दाङका अध्यक्ष बसन्त लम्सालको अध्यक्षतामा भएको कार्यक्रमकाबीच रक्तदान गरिएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि रेडक्रस सोसाईटी घोराही उपशाखाका सभापति यमन चौधरीले दिवसका अवसरमा रक्तदान गर्नु सकारात्मक कार्य भएको वताएका थिए ।

रगत अभाबमा अस्पतालमा छट्पटाईरहेका बिरामीहरुलाई दान गरिएको रगतले जीवन बचाउन सक्ने उनले बताएका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथि दिलिप न्यौपाने, रोट्रयाक क्लबका प्रतिनिधि कपिल शर्मा, पत्रकार दुर्गालाल केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

शिक्षक केबि चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण बिद्यार्थी ढकराज सुवेदीले गरेका थिए ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया