तुलसीपुर
२७ साउन/दाङमा स्वास्थ्य कार्यालय रहने भएको छ । सरकारले दाङमा स्वास्थ्य कार्यालय पनि राख्ने निर्णय गरेको हो । दाङका अन्यकेही जिल्ला स्तरीय सरकारी कार्यालय भने खारेज भएर स्थानीय तहमा गाभिएका छन् । स्वास्थ्य कार्यालयसंगै दाङमा अब ११ वटा सरकारी कार्यालय रहनेछन् ।

जनस्वास्थ्य कर्यालय भने खारेज गरेर देशभरका ३५ जिल्लामा नयाँ ढंगबाट स्वास्थ्य कार्यालय स्थापन गर्ने सरकारले निर्णय गरेको छ । ३५ वटा स्वास्थ्य कार्यालयले ७७ वटै जिल्लालाई हेर्ने गरि प्रदेश सरकार मातहत रहनेछन् ।

जिल्ला स्वास्थ्य कार्यालयसंगै अब दाङमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला अदालतत, जिल्ला सरकारी वकिलको कार्यालय, तथा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई रहने छन् ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया