सल्यान,
२७-साउन / कपुरकोट गाउँपालिका स्तरिय सामुदायीक वन उपभोक्ता महासंघ नेपालले सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम आइतबार समपन्न गरेको छ । कार्यक्रममा वन क्षेत्रको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । अन्तरक्रिया कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सामुदायीक वन समूहहरु विकासमा पनि अग्रसर हुनुपर्ने बताए ।

गाउँपालिकाले सामुदायीक वनको विकासका लागी कुनै पनि सहयोग गर्न पछि नहट्ने बताउँदै उनले वन र वन पैदावारको उचीत व्यवस्थापनबाट गरिवि निवारण गर्न सकिने धारणा राखे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिला बुढा मगर, सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्मा, महासंघकै खड्क केसी, जीत प्रसाद आचार्यले बोल्दै सामुदायीक वन समूहले विधान अनुसार काम गर्नुपर्ने र सामुदायीक वनवाट आय आर्जनका कृयाकलाप गर्न सकिने कुरामा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

अन्तरक्रियामा सामुदायीक वन समूहका प्रतिनिधीहरुले वन समूहको सिमाना तथा समूह समूह विचको विवाद, समूहको आर्थीक पारदर्शिता अभाव, वन अतिक्रमण भएको लगाएतका विषय उठान गरेका थिए ।


गाउँपालिका स्तरिय सामुदायीक वन उपभोक्ता महासंघका सचिव प्रदिप खड्काले सहजिकरण र ललीता गिरीले स्वागत गरेको गरेको कार्यक्रममा वन वातावरण समिति कपुरकोटका संयोजक वालाराम खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष यम कुमार वस्नेत, वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन, ६ का अध्यक्ष हेरम बहादुर बुढाथोकी, महासंघका गाउँपालिका अध्यक्ष भिमा बुढाथोकी, इलाका वन कार्यालय कपुरकोटका फरेष्टर विरजंग ओलि लगाएतकाले सामुदायीक वनको विकासमा क कसले के भुमिका निर्वाह गर्न सक्छन् भन्ने बारेमा आआफ्नो धारणा राखेका थिए ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया