घोराही
२७ साउन/ घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका अटो तथा इ रिक्साहरुको एक सातामा व्यवस्थापन गर्ने भएको छ । उपमहानगरको अटो तथा इरिक्सा व्यवस्थापन समितिको आइतबार बसेको बैठकले अटो तथा रिक्साहरुको उचित पार्किङ, रुट निर्धारण र यात्रा भाडादर एक सातामा कायम गर्ने निर्णय गरेको हो ।

उपमहानगरका उपप्रमुख एवं समिति संयोजक सीता न्यौपानेको अध्यक्षतामा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मदनबहादुर कुँवर सहित बसेको समितिको बैठकले नगर क्षेत्रका कम्तिमा दुई दर्जन पार्किङ स्थल छनोट गर्ने निर्णय गरेको छ । भोली देखी पार्किङ स्थलको प्राबिधिक अध्ययन सहित छनोट गर्ने र अटो तथा इरिक्साहरुलाई रुट छनोट गर्न दिएर सञ्चालनमा व्यवस्थित गर्ने समितिले निर्णय गरेको छ ।

घोराहीको बजार क्षेत्र वडा नम्बर १४ र १५ मा अटो तथा इरिक्साहरु जथाभावि गुड्ने, पार्कीङ गर्ने र भाडा मनपरि लिने गर्दा यात्रु मारमा परेको गुनासो बढेपछि उपमहानगरले एक सातामा व्यवस्थित गराउने निर्णय गरेको वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिएका छन ।

त्यसैगरी बजार क्षेत्रमा मोटरसाईकल र साना गाडीहरुलाई पार्किङ गर्न चिन्ह लगाउने काम समेत तत्काल थाल्ने निर्णय भएको छ ।

पार्किङ स्थल र चिन्ह नहुदा मनपरि पार्किङ हुने प्रहरीले हेलमेट उठाउए लग्ने गर्दा चालकहरु समस्यामा परेपछि यसको पनि व्यवस्थापन गर्न लागिएको वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले जानकारी दिएका छन।

ट्राफिक प्रमुख कुवरले सबैको सहकार्यबाट बजारलाई व्यवस्थित र अनुशासित बनाउन आबस्यक रहेको बताएका छन। पार्किङ स्थल तोकिए पछि आफुले अक्षरस कार्यान्वयन गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन ।

साथै बसहरुलाई अनिवार्यरुपमा बसपार्कबाट चल्ने गराउन समेत कडारुपमा प्रस्तुत हुने र अब सडकमा पार्किङ गर्न नदिने बताएका छन।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया