तुलसीपुर
२७ साउन/ मोटरसाईकल दुर्घटना हुँदा दाङमा एक महिलाको मृत्यु भएको छ । आईतबार मोटरसाईकल दुर्घटना हुँदा शान्तिनगर गाउँपालिका वडा नम्बर ५ की ३५ बर्षीया मोहनी चौधरीको निधन भएको हो । उनी ज्वाईले चलाएको रा २ प ५६७१ नम्बरको मोटरसाईकलको पछाडिको सिटमा बसेकी थिईन् ।

बिहान ११ बजेतिर बायक अनियन्त्रित भई नालामा खस्दा गम्भीर घाईते भएकी उनको राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याउने क्रममा बाटोमै निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दंगीशरण गाउँपालिका वडा नम्बर ७ बोकटी भन्ने ठाउमा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । सवारी चालक उनका ज्वाईको अबस्था भने सामान्य रहेको डिएसपी सापकोटाले जानकारी दिए ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया