ओमप्रकाश गुप्ता,भालुवाङ
२७ साउन / देउखुरीको राप्तीगाउँपालिकामा आज अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ । राप्ती गाउँपालिकाको आयोजना एवम् ग्लोवल युथ क्लव, राप्ती उद्योग वाणिज्य संघ भालुवाङ, सिसहनियाँ उद्योग वाणिज्य संघ र भालुवाङ होटल व्यवसायको सहआयोजनामा दिवस मनाइएको हो ।

दिवसको अवसरमा आयोजित सम्वृद्ध राप्तीगाउँपालिका बनाउन युवाको भुमिका विषयक मावि र खुल्ला वक्तृत्व कला प्रतियोगितामा पव्लिक एजुकेशन एकेडेमीका शोवित जंग शाही र खुल्लाबाट हरि अधिकारी प्रथम, देउखुरी भ्याली मावि भालुवाङका सुवास भट्टराई र खुल्लाबाट अंशु बोहरा दोस्रो र मुनलाइट मावि लालमटियाकी वर्षा पोख्रेल र खुल्लाबाट पुष्कल रिजालले तेस्रो स्थान हासिल गरेका थिए ।

राप्ती गाउँपालिका वडा नम्बर ७का वडा अध्यक्ष तथा प्रवक्ता विद्याशरण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगत प्रसाद पोख्रेल, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेलवासे र देउखुरी टुडे राष्ट्रिय साप्ताहिकका प्रकाशक सम्पादक सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरुले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन ग्लोवल युथक्लवका प्रेस संयोजकओमप्रकाश गुप्ताले गरेका थिए । यसै बिचग्लोबल युथक्लव राप्तीगाउँपालिकाले आजआफनो पहिलो जन्म उत्सव मनाएको छ ।

क्लवले आदर्श नमुनामाविका रहेका दृष्टिविहिन विद्यार्थीहरुलाई फलफुल र खेलकुदको सामाग्री वितरण गर्नुका साथै केक काटेर जम्म उत्सव मनाएको हो ।

क्लवका अध्यक्ष रमेश कंडेलको अध्यक्षता एवम् विद्यालय प्रमुख लक्ष्मी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छात्रवासमा रहेका १३ जना दृष्टि विहिनहरुलाई सो सामग्री वितरण गरेको हो ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया